टी २० अलराउण्डरको वरियतामा हार्दिक शीर्ष स्थानमा-Sutra News

टी २० अलराउण्डरको वरियतामा हार्दिक शीर्ष स्थानमा

बुधबार, १९ असार २०८१

बुधबार, १९ असार २०८१

काठमाडौं । भारतलाई टी २० विश्वकप जिताउन महत्वपूर्ण भूमिका खेलेका हार्दिक पाण्डेय शीर्ष स्थानमा उक्लिएका छन् । आईसीसीको टी २० अलराउण्डरको वरियतामा उनी शीर्ष स्थानमा पुगेका हुन ।



आईसीसीले बुधबार सार्वजनिक गरेको वरियतामा पाण्डेय अलराउण्डरको वरियतामा दुई स्थान सुधार गरेका हुन् । उनले विश्वकपको फाइनल खेलमा गरेको प्रदर्शनका आधारमा शीर्ष स्थानमा राखिएको हो ।

यस्तै, श्रीलंकाका वानिन्दु हसरंगा सूचीमा दोस्रो स्थानमा छन् भने अष्ट्रेलियाका मार्कोस स्टोइनिस तेस्रो स्थानमा रहेका छन् ।

जिम्बाबेका सिकन्दर राजा चौथो, बंगलादेशका शकिब अल हसन पाँचौं र अफगानिस्तानका मोहमद नावी छैटौँ स्थानमा पुगेका छन् ।

अलराउण्डरको वरियतामा नेपालका दीपेन्द्र सिंह ऐरी सातौं स्थानमा कायम रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट