काठमाडौं महानगरमा चार हजार ६२४ जनालाई कक्षा ११ को छात्रवृत्ति-Sutra News

काठमाडौं महानगरमा चार हजार ६२४ जनालाई कक्षा ११ को छात्रवृत्ति

बुधबार, १९ असार २०८१

बुधबार, १९ असार २०८१

काठमाडौं । काठमाडौं महानगर क्षेत्रभित्र सञ्चालनमा रहेका ३९० वटा संस्थागत शिक्षण संस्थामा चार हजार ६२४ वटा छात्रवृत्ति कोटा निर्धारण गरिएको छ ।



विद्यालयमा गएको वर्ष भर्नाको अनुपात, क्षमतालगायत सूचकका आधारमा शैक्षिक सत्र २०८१–८२ का लागि कक्षा ११ का लागि छात्रवृत्ति कोटा निर्धारण गरिएको हो ।

यो वर्ष सबैभन्दा धेरै अर्थात् २४ सय ९३ जना विद्यार्थीले व्यवस्थापन विषयमा छात्रवृत्ति पाउने छन् । १७ सय ५२ जनाले विज्ञान विषय, १७३ जनाले मानविकी, १३६ जनाले कानून विषय र ७० जनाले शिक्षा विषयमा छात्रवृत्तिमा अध्ययन गर्न पाउने शिक्षा अधिकारी गोविन्दप्रसाद शर्माले जानकारी दिए ।

महानगरभित्र कक्षा ११ र १२ अध्यापन हुने ३९० वटा शैक्षिक संस्था छन् । जसमध्ये १०४ वटा विद्यालयमा विज्ञान विषय, १७० वटामा व्यवस्थापन, ४७ वटामा कानून, १८ वटामा शिक्षा र ५१ वटा विद्यालयमा मानविकी विषय अध्यापन हुने गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट