पहिरोमा परी विक्षिप्त परिवारलाई आर्थिक सहयोग प्रदान-Sutra News

पहिरोमा परी विक्षिप्त परिवारलाई आर्थिक सहयोग प्रदान

बुधबार, १९ असार २०८१

बुधबार, १९ असार २०८१

काठमाडौं । पहिरोमा परी छोरासँगै घर गुमाएका पीडित हरि सुनारको सहयोगका लागि आर्थिक संकलन अभियान थालिएको छ ।



गत ११ गते राति पारेको वर्षाका कारण कास्कीको पोखरा महानगर २७ आरुपाटामा बस्दै आएका सुनारको तीन वर्षीय छोरा अनमोलको निधन भएको थियो । यस्तै, उनको घर पूर्ण रुपमा क्षति पुगेको जनाइएको छ ।

घटनामा उनको श्रीमती ऋतु सुनार घाइते भई उपचाररत रहेकी छन् । सुनारको परिवालाई व्यवस्थापन गर्नका लागि समृद्धि अभियान आरु‌पाटाका अध्यक्ष शम्भुराम पाण्डेको संयोजकत्वमा आर्थिक संकलन अभियान थालिएको हो ।

यसका लागि संस्थाका सदस्यमार्फत २० हजार १११ रुपैयाँ सुनारलाई हस्तान्तरण गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट