अजिङ्गरको पेटभित्र मृत महिला फेला-Sutra News

अजिङ्गरको पेटभित्र मृत महिला फेला

बुधबार, १९ असार २०८१

बुधबार, १९ असार २०८१

काठमाडौं । मध्य इण्डोनेसियामा अजिङ्गरको पेटभित्र एक महिला मृत फेला परेको प्रहरीले जनाएको छ ।



आफ्नो बिरामी बच्चाका लागि औषधि किन्न घरबाट निस्किएपछि ३६ वर्षीया सिरियाटी बेपत्ता भएकी थिइन । उनको खोजी गर्ने क्रममा अजिङ्गरको पेटभित्र मृत भेटिएको प्रहरीले बताएको छ ।

घटनाबारे गाउँ सचिव इयाङलेले भने, “उहाँका श्रीमान् आदियान्साले दक्षिण सुलावेसी प्रान्तको सितेबा गाउँमा आफ्नो घरबाट करिब ५०० मिटर टाढा भुइँमा मृतककको चप्पल र प्यान्ट फेला पार्नु भएको थियो, त्यसको केही समयपछि उहाँले बाटोबाट करिब १० मिटर टाढा एउटा अजिङ्गर देख्नु भएको र उसको पेट धेरै ठूलो देखेपछि आदियान्सालाई शङ्का लागेर गाउँलेहरूको सहयोगमा अजिङ्गरको पेट चिर्नु भएको थियो, पेटभित्र उनीहरूले मृतक सिरियाटीको शव फेला पारेका हुन् ।”

गत महिना दक्षिण सुलावेसीको अर्को जिल्लामा जालीदार अजिङ्गरको पेटभित्र एउटी महिला मृत फेला परेकी थिइन् । गत वर्ष प्रान्तका बासिन्दाले एक जना किसानको घाँटी दबाएर खादै गरेको अवस्थामा आठ मिटर लामो अजिङ्गरलाई मारेका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट