कांग्रेस-एमाले गठबन्धनमा लोसपाको प्रवेश-Sutra News

कांग्रेस-एमाले गठबन्धनमा लोसपाको प्रवेश

बुधबार, १९ असार २०८१

बुधबार, १९ असार २०८१

काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा)ले कांग्रेस–एमालेको नयाँ समीकरणलाई साथ दिने निर्णय गरेको छ ।



बबरमहलस्थित पार्टी कार्यालयमा बसेको लोसपा नेपालको पदाधिकारी बैठकले नयाँ सत्ता गठबन्धनलाई साथ दिने निर्णय गरेको हो ।

कांग्रेसका सभापति शेरबहादुर देउवाले मंगलबार पुरानो गठबन्धनमा रहेका दलहरूसँग छलफल गरेका थिए । उक्त छलफलबारे बैठकमा लोसपा नेपालका अध्यक्ष महन्थ ठाकुरले ब्रिफिङ गरेका थिए ।

कांग्रेस सभापति देउवाले गठबन्धनले बनाउने सरकारलाई साथ दिन आग्रह गरेको अध्यक्ष ठाकुरले बैठकमा ब्रिफिङ गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट