काठमाडौं भित्रिने मुख्य राजमार्ग दुई रात बन्द-Sutra News

काठमाडौं भित्रिने मुख्य राजमार्ग दुई रात बन्द

बुधबार, १९ असार २०८१

बुधबार, १९ असार २०८१

काठमाडौं । बाहिरि जिल्लाबाट काठमाडौं भित्रिने मुख्य राजमार्ग धादिङको त्रिभुवन राजपथ (नागढुंगा–नौबिसे सडक खण्ड) दुई रात बन्द हुने भएको छ ।



नौबिसे खोलामा निर्माधीन पुलमा काम गर्न सहज बनाउन आज र भोलि अर्थात असार १९ र २० गते सडक बन्द हुने भएको हो ।

राति १० बजेदेखि बिहान ३ बजेसम्म सडक बन्द हुने जिल्ला प्रहरी कार्यालय धादिङका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक मकेन्द्र कुमार मिश्रले जानकारी दिए ।

यस समयमा एम्बुलेन्स र सुरक्षा निकायले प्रयोग गर्ने सवारी साधन मात्रै चल्न पाउने छ । यस अवधिमा सबै चालकलाई लेन अनुशासन कायम राख्न, जथाभावी ओभरटेक नगर्न र वैकल्पिक मार्ग प्रयोग गर्न प्रहरीले आग्रह गरेको छ ।

काठमाडौंबाट नौबिसे निस्कन वा नौबिसेबाट काठमाडौं आउन वैकल्पिक मार्गका रूपमा धार्के–सितापाइला सडक प्रयोग गर्न सक्नेछन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट