‘तै चुप मै चुप’ को निर्माण घोषणा-Sutra News

‘तै चुप मै चुप’ को निर्माण घोषणा

बुधबार, १९ असार २०८१

बुधबार, १९ असार २०८१

काठमाडौं । घनश्याम लामिछानेले निर्देशनमा ‘तै चुप मै चुप’ को निर्माण घोषणा गरिएको छ ।



यो फिल्म राजनीतिक हास्य विधामा निर्माण हुने भएको छ । बुधबार फिल्मका कलाकार एवम् निर्माता सन्तोष अधिकारीको शुभ जन्मोत्सवको अवसर पारेर ‘तै चुप मै चुप’ को घोषणा गरिएको हो ।

सन्तोष अधिकारी फिल्म्सको व्यानर एवम् अस्याप इन्टरटेन्मेन्ट नेपाल र अस्ट्रेलियाको निर्माण सहकार्यमा बन्ने फिल्ममा मनिष गौतमको रहेको छ ।

हाल फिल्मका लागी कलाकार र गीत सङ्गीत छनोटको काम भइरहेको राजनीतिक रहस्यमय कथा रहेको उक्त फिल्ममा समसामयिक राजनीतिक घटनाक्रमहरूलाई कमेडी ढङ्गले प्रस्तुत गरिने निर्देशक घनश्याम लामिछानेले बताए ।

आगामी वर्ष भित्र प्रदर्शन गर्ने लक्ष राखिएको फिल्मको काठमन्डौ र पोखरामा छायाङ्कन हुने निर्माण पक्षले जनाएको छ ।

यस अघि यही टिमले फिल्म’ चित्रा’ निर्माण गरेको थियो । उक्त फिल्मबाट डेब्यू गरेका कलाकार सन्तोष अधिकारीको निकै तारिफ भएको थियो ।

फिल्ममा आशिष थापा मगर र प्रतिमा थापाको लगानी रहने छ भने फिल्मको सम्पूर्ण मार्केटिङ्ग र ब्रान्डिङ्ग आईडिया पिक्सेलका तर्फबाट पवन राज जोशीले गर्नेछन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट