आज असार २० गते तपाईंको राशिफलमा के छ ?-Sutra News

आज असार २० गते तपाईंको राशिफलमा के छ ?

बिहिबार, २० असार २०८१

बिहिबार, २० असार २०८१

आज मिति २०८१ असार २० गते बिहीबार । सन् २०२४ जुलाई ४ तारिख । नेपाल सम्बत ११४४ तछलागा त्रयोदशी तिथि । आज नेपालमा सूर्योदय बिहान ५ बजेर १२ मिनेटमा भयो भने सूर्यास्त साँझ ७ बजेर ३ मिनेटमा हुनेछ । अब सुरु गरौँ राशिफलः



मेष

आजको दिन मिश्रित फलदायी रहला । प्रेमको बन्धनमा कसिने छ भने रोकिएका काम बन्नाले उत्साह जाग्नेछ । तथापि, आश्वासन दिएर झुक्याउनेहरू सक्रिय रहन सक्छन् । अरूको विश्वासमा पर्दा अन्त्यमा धोका पाइने योग छ । सवारीसाधन उपयोग गर्दा आज विशेष सावधानी अपनाउनु हितकर हुनेछ । यात्रागत कार्य सफल र फलदायी रहला ।

बृष

दाम, इनाम र प्रतिष्ठा कमाउने समय छ । बौद्धिकता र रचनात्मकता बढ्नेछ । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिएला । भूमि, वाहन र पैत्रिक सम्पत्तिबाट लाभ मिल्ने योग छ । नयाँ तथा महत्वपूर्ण कुनै काममा हात हाल्दै हुनुहुन्छ भने केही समय पर्खंदा राम्रो हुनेछ । गरी आएको कामलाई निरन्तरता दिन सकिनेछ । आरोग्यता रहनेछ । आफन्तजनको सहयोग प्राप्त होला ।

मिथुन

आजको दिन बाध्यताका काममा जुट्नुपर्ला । विपरीतलिंगीको माध्यमबाट फाइदा हुने योग छ । कतै आतिथ्यपूर्ण सम्मान पाइएला । धैर्यसाथ बुद्धिको उपयोग गर्दा बिस्तारै काम बन्नेछ । यात्रामा समस्या आउने योग छ, सचेत रहनुहोला । मान महत्व बढ्नेछ ।

कर्कट

चुनौतीपूर्ण समय छ । धेरै परिश्रमपछि कममात्र सफलता मिल्ला । केही अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपर्दा मन खिन्न बन्न सक्छ । आशा देखाउनेहरूको भरपर्दा धोका हुनसक्ने योग रहेकोले सावधान रहनुहोला । आफ्नै बल विवेकले काम राम्रो हुनेछ । दैनन्दिनी पूर्ववत रहला ।

सिंह

बन्ने निश्चय भएको काम अचानक बिग्रन सक्ने योग रहेपनि आजको दिन लगनशीलताले कीर्तिमानी दिलाउन सक्छ । विभिन्न अवसर जुट्ला, तर अरूलाई वचन दिने बानीले दुःख हात लाग्न सक्छ । धर्मकर्ममा आकर्षण बढ्नेछ । वर्चश्व वृद्धि हुनेछ । विजयश्री प्राप्त होला ।

कन्या

दौडधुप बढ्ने छ । आजको दिन पढाइलेखाइमा प्रगति हुनेछ भने स्वास्थ्य सामान्य कमजोर रहन सक्छ । व्यावसायिक काम बीचमा अवरुद्ध बन्ने सम्भावना छ । तथापि, आम्दानी वृद्धि होला । कतै आतिथ्यपूर्ण सम्मान प्राप्त हुन सक्छ । प्रेमको बन्धन कसिने तथा दाम्पत्य जीवन सुखद बन्नेछ ।

तुला

प्रयत्न गरेका काम ढिलै सम्पादन भए पनि उपलब्धि राम्रै पाइने समय छ । आफ्नो प्रतिभा देखाउन सकिनेछ । गुरुजनको विशेष सहयोग जुट्नेछ तर काम बिग्रने भयले सताउला । प्रेमभाव बढ्नेछ । रसरागमा आकर्षण रहनेछ ।

बृश्चिक

आजको दिन केही खर्चिलो महसुस होला । नयाँ काममा हात हाल्न केही समय पर्खंदा राम्रो हुनेछ । बदनाम व्यक्तिहरूले सहयोगको तत्परता देखाउन सक्छन्, सजग रहनुहोला । आफ्नो अधिकारको रक्षा गर्न विशेष प्रयत्न लगाउनुपर्ला । रसरागमा रुचि बढ्नेछ । मान महत्व रहला । पछिल्लो प्रहर समयले साथ दिनेछ ।

धनु

प्रयत्न गर्दा व्यावसायिक काम सम्पादन हुनेछन् तर सोचेको लाभ मिल्न नसक्ने समय छ । विगतका समस्या बल्झिन सक्छन् । सहयोगको आशा देखाउनेहरूले झुक्याउलान्, सचेत रहनुहोला । आजको प्रयत्न निष्फल जस्तै हुन सक्ने योग छ । आरोग्यताका साथै रसरागमा आकर्षण बढ्नेछ ।

मकर

व्यस्तता वृद्धि होला । शत्रुहरू किनारा लाग्नेछन् भने प्रतिस्पर्धामा पनि विजयी भइने समय छ । आश मारेको काम बन्नाले उत्साह जाग्नेछ । एउटै कामबाट दोहोरो लाभ मिल्ने योग छ । विशेष योजनाहरू बन्नेछन् । मिष्ठान्न भोजन जुर्ला । आफन्तजनको सहयोग प्राप्त हुनेछ ।

कुम्भ

न्यून उपलब्धिका लागि निकै मिहिनेत गर्नुपर्ने समय छ । समुदायको हितमा भने राम्रै काम गर्न सकिनेछ । सामाजिक उत्तरदायित्व वहन गर्दै फाइदा हुने काम र जिम्मेवारी हात पार्ने योग छ, चनाखो भइ समयोचित लाभ उठाउने प्रयत्न गर्नुहोला । रसरागमा आकर्षण बढ्नेछ । सन्तान पक्षबाट सुख बढ्नेछ ।

मीन

इर्ष्या गर्नेहरूले काममा अवरोध पुऱ्याउन सक्छन् । आफ्ना योजना गोप्य राखेर अघि बढ्दा फाइदा हुनेछ । तपाईंका विषयवस्तुमा अरूले अधिकार जमाउन सक्छन् । शत्रुहरूको चलखेल बढ्नाले गल्तीबिनै आरोप लाग्न सक्छ । धैर्यशाली भइ व्यवहार गर्नु हितकर हुनेछ । सन्तानसुख प्राप्त हुनेछ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट