एकैदिन १६ सय रुपैयाँले बढ्यो सुनको मूल्य-Sutra News

एकैदिन १६ सय रुपैयाँले बढ्यो सुनको मूल्य

बिहिबार, २० असार २०८१

बिहिबार, २० असार २०८१

काठमाडौं । साताको पाँचौ कारोबार दिन (बिहीबार) सुनको मूल्यमा ह्वात्तै बृद्धि भएको छ । अघिल्लो दिनको तुलनामा बिहीबार तोलाकै १६ सय रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।



मूल्य बढेसँगै नेपाली बजारमा छापावाल सुनको मूल्य प्रतितोला एक लाख ४४ हजार तीन सय रुपैयाँ पुगेको छ भने तेजाबी सुनको मूल्य एक लाख ४३ हजार छ सय रुपैयाँ पुगेको छ ।

यसअघि बुधबार छापावाल सुन प्रतितोला एक लाख ४२ हजार सात सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ४२ हजार रूपैयाँमा कारोबार भएको थियो। अघिल्लो कारोबार दिनको तुलनामा बुधबार पनि सुनको मूल्य प्रतितोला चार सय रुपैयाँले बढेको थियो ।

सुनको मूल्य बढ्दा नेपाली बजारमा चाँदीको मूल्य पनि बढेको छ। बुधबारको तुलनामा प्रतितोला ४० रुपैयाँले बढ्दै आज चाँदी प्रतितोला १८ सय ६५ रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस २२ सय ९९ अमेरिकी डलरमा कारोबार भइरहेको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट