‘प्रचण्डले मुद्दा हारिसके, अड्डी कसेर सत्तामा बस्न सुहाउन्न’-Sutra News

‘प्रचण्डले मुद्दा हारिसके, अड्डी कसेर सत्तामा बस्न सुहाउन्न’

‘कांग्रेसलाई फकाउँछु र परिस्थिति बदल्न सक्छु भन्ने लागेको होला, त्यो प्रचण्डको दिवा सपना हो’ 

बिहिबार, २० असार २०८१

बिहिबार, २० असार २०८१

संसद्का दुई ठूला दल नेपाली कांग्रेस र नेकपा (एमाले)बीच नयाँ सरकार बनाउने सहमति भएसँगै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सहजै सरकार छाड्ने अनुमान आमरूपमा थियो । सोही अनुमानका आधारमा दुई दलले पनि बैठक नै बसालेर मार्ग प्रशस्त गर्न प्रधानमन्त्रीलाई औपचारिक आग्रह गरेका थिए । यद्यपि, प्रधानमन्त्री प्रचण्ड दुई दलको आग्रहअनुसार सरलरूपमा सरकार छाड्ने शैलीमा देखिएका छैनन् । उनले संसद् फेस गर्ने तयारी गरेका छन् ।



यस्तोमा अबको परिस्थिति के होला ? भन्ने प्रश्न आमरूपमा उठेको छ । सूत्र न्यूज डटकमका सन्देश अर्यालले नेकपा (एमाले)का उपाध्यक्ष सुरेन्द्र पाण्डेसँग आमरूपमा उठेका केही जिज्ञासा राखेका छन् । एमाले उपाध्यक्ष पाण्डेसँग पछिल्लो राजनीतिक परिस्थितिबारे गरिएको संक्षिप्त कुराकानीको सम्पादित अंश :

गठबन्धन बनेसँगै प्रधानमन्त्री प्रचण्डले सहजै राजीनामा दिनुहोला भन्ने अपेक्षा तपाईँहरूले राख्नुभएको थियो । तर, उहाँले संसद् फेस गर्छु भन्नुभएको छ । यसलाई कसरी हेर्नुभएको छ ?

यो कुनै ठूलो कुरा होइन । हाम्रो संविधान र हाम्रा अभ्यासले नै बाटो खोजिहाल्छ । यो बन्दुक बोकेर लड्ने विषय होइन । संसद्को प्रक्रिया त सबैले फलो गर्न पर्ला नि !

अहिले संसद् चलिरहेको छ । सबैले बुझ्नुपर्ने कुरा, यो अवस्थामा प्रधानमन्त्रीले संसद् कसरी फेस गर्न सक्नुहुन्छ ?

दुई वटा ठूला दलले हामी मिलेर नयाँ सरकार बनाउँछौ भनेर घोषणा गरेपछि, त्यो दुई वटालाई पाखा राखेर कुनै कोणबाट पनि बहुमत सिद्ध हुने अवस्था छैन । उहाँलाई कांग्रेसलाई फकाएँ भने नयाँ परिस्थिति बन्छ कि भन्ने लागेको होला, तर परिस्थिति त्यस्तो छैन । दुवै दलले बैठक नै राखेर कमिटमेन्ट गरिसकेको अवस्था हो । यस्तो परिस्थितिमा उहाँ सेकेन्ड पनि सत्तामा बस्नु उचित होइन ।

उहाँ(प्रधानमन्त्री प्रचण्ड)लाई कांग्रेसलाई फकाएँ भने नयाँ परिस्थिति बन्छ कि भन्ने लागेको होला, तर परिस्थिति त्यस्तो छैन । दुवै दलले बैठक नै राखेर कमिटमेन्ट गरिसकेको अवस्था हो । यस्तो परिस्थितिमा उहाँ सेकेन्ड पनि सत्तामा बस्नु उचित होइन । 

उहाँले संवैधानिक अधिकारलाई प्रयोग गरेर एक महिना लम्ब्याउन खोज्दै गर्दा तपाईँहरूको भूमिका के हुन्छ ?

त्यस्तो हामीले कल्पना गरेका छैनौ तर, बुझ्नुपर्ने विषय उहाँले अवरोधलाई कसरी छिचोल्न सक्नुहोला भन्ने हो । अहिलेको परिस्थितिमा प्रष्ट हुँदा हुन्छ, उहाँले गरेका कुनै पनि निर्णय कार्यान्वयन हुने अवस्था छैन । कुन सचिवले उहाँको निर्णयलाई कार्यान्वयन गर्ला ?

राजनीति निकै अप्ठ्यारो चिज हो । पावर गुमेपछि सबै सकिन्छ ।

तपाईँहरूको बुझाई अवरोध छिचोल्न नसकेर उहाँ बाहिरिनुहुन्छ भन्ने हो ?

तपाइँ आफैँ भन्नुस् त, उहाँ कसरी ठेलिएर अगाडि जान सक्नुहोला ? संसद् फेस गर्छु भन्नु त एउटा कुरा हो तर, अवस्था त्यस्तो छैन । संसद् फेस गर्छु भन्नलाई आधार चाहिएला । बिना आधार कसरी फेस गर्न सकिन्छ ।

उहाँले राजीनामा नदिँदै गर्दा, सिधै राष्ट्रपति कहाँ गएर बहुमत दाबी गर्ने अवस्था रहन्छ कि रहन्न ?

प्रक्रियालाई छोड्यौँ भने हामीले दाबी पेस त गरिसक्यौँ नि । संसद्का दुई ठूला दलले स्टेटमेन्ट नै दिएर हामी मिलेर राष्ट्रिय सहमतिको सरकार बनाउँछौँ, हामीलाई सबैले सहयोग गर्नुस्, प्रधानमन्त्रीलाई मार्ग प्रशस्त गर्नुस् भनेको त दाबी पेस होइन र ? कि त्योभन्दा अर्को हुन्छ ? राजनीतिक हिसाबले दाबी पेस भइसकेको परिस्थिति हो ।

कानुनी कुरा के हुन्छ ? संवैधानिक कुरा के हुन्छ ? त्यो हेरौँला तर, राजनीतिक हिसाबले प्रक्रिया अगाडि बढिसक्यो । यो अलमलको विषय होइन ।

होइन, हामीले संसद् फेस नगर्नुस् भनेका छैनौ । गर्न पाउनुहुन्न पनि भनेका छैनौ । उहाँलाई त्यो अधिकार छैन भनेका छैनौ । तर, उहाँले के फेस गर्नुहुन्छ भन्ने हो । फेस गर्ने त परिस्थिति भए पो फेस गर्ने होला । सम्भावना छ भनेर फेस गर्ने होला । 

तपाईँहरू मिल्दा बहुमत जुटाउने अवस्था छैन । यस्तोमा प्रक्रियामा नजानुस् भन्नुपर्ने कारण के ?

होइन, हामीले संसद् फेस नगर्नुस् भनेका छैनौ । गर्न पाउनुहुन्न पनि भनेका छैनौ । उहाँलाई त्यो अधिकार छैन भनेका छैनौ । तर, उहाँले के फेस गर्नुहुन्छ भन्ने हो । फेस गर्ने त परिस्थिति भए पो फेस गर्ने होला । सम्भावना छ भनेर फेस गर्ने होला ।

राजनीतिमा आधार छ भने प्रयास गर्ने हो, आधार नै नभएपछि प्रयास गर्छु भन्नु बेतुकको कुरा हो ।

अहिले राजनीतिक, व्यवहारिक र नैतिक सबै कारणबाट उहाँ एक सेकेन्ड पनि सत्तामा रहन योग्य हुनुहुन्न । अहिले नैतिकताभन्दा पनि राजनीतिक हिसाबले उहाँले सत्ताबाट बाहिरिने निर्णय गर्नु उत्तम हुन्छ ।

थोरै सहज ढंगबाट भनिदिनु न, अबको सत्ता राजनीतिक कसरी अगाडि बढ्छ ?

प्रक्रियाको विषयमा केही ऐन कानुनले व्याख्या गरेको होला । कतिपय व्याख्या गरिएको हुन्न तर, परिस्थितिले व्याख्या गर्ने पनि हुन्छ । हाम्रा अभ्यासहरूलाई पनि हेर्नु पर्ला । तथापि, अन्योलको अवस्था छैन ।

कसैको घर थियो, त्यसमा कसैले मुद्दा हालेर जित्यो, अदालतले घर छाड भन्यो, त्यो परिस्थितिमा म घर नै छाड्दिन भनेर बिन्ति गरेर कति दिन चल्ला ? त्यो घर अर्कोले कसरी लिन्छ, त्यसमा त थुप्रै उपायहरु छन् नि । 

तपाईँहरूको बुझाई उहाँ आफैँ गलेर केही दिनमै सरकारबाट बाहिरिनुहुन्छ भन्ने हो ?

कसैको घर थियो, त्यसमा कसैले मुद्दा हालेर जित्यो, अदालतले घर छाड भन्यो, त्यो परिस्थितिमा म घर नै छाड्दिन भनेर बिन्ती गरेर कति दिन चल्ला ? त्यो घर अर्कोले कसरी लिन्छ, त्यसमा त थुप्रै उपायहरू छन् नि । त्यो प्रक्रियालाई ठूलो मान्न आवश्यक छैन । राजनीतिकरूपले प्रचण्डले मुद्दा हारिसक्नुभयो । उहाँले सत्ता गुमाइसक्नुभयो । अब बिन्ती गरेर, अड्डी कसेर कुनै अर्थ छैन ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट