विषालु च्याउ खादाँ एकै परिवारका सात जना सिकिस्त-Sutra News

विषालु च्याउ खादाँ एकै परिवारका सात जना सिकिस्त

बिहिबार, २० असार २०८१

बिहिबार, २० असार २०८१

काठमाडौं । जंगली विषालु च्याउ खाँदा मकवानपुरको भिमफेदी गाउँपालिकामा एकै परिवारका सात जना बिरामी परेका छन् ।



जंगली च्याउ खाँदा भिमफेदी ६ उर्लाघारी निवासी ६५ वर्षीया मंगली स्याङतान, उनका ३२ वर्षीय छोरा बुद्धिबहादुर स्याङतान, बुहारी ३० वर्षीया पासाङमाया स्याङतान, नाति सात वर्षीय लासाङ स्याङतान, बुद्ध स्याङतानकी छोरी १९ वर्षीया लक्ष्मीमाया स्याङतान, १५ वर्षीया पार्वती स्याङतान र सात वर्षीया छोरी आरती स्याङतान सिकिस्त बिरामी परेका जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिए ।

प्रनाउ भण्डारीका अनुसार विषालु च्याउ खाएर बिरामी परेको सूचना पाएलगत्तै जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीको टोलीले उद्धार गरी पाँच जनालाई उपचारका लागि चितवनस्थित भरतपुर अस्पताल पठाएको छ ।

बिरामीमध्ये मंगली र लक्ष्मीमायाको हेटौँडास्थित अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट