काठमाडौं । निर्वाचन आयोगको आयुक्तमा सिफारिस भएका कृष्णमान प्रधानको सुनुवाइ रोकिएको छ ।
सिंहदरबारमा बिहीबार बसेको संसदीय सुनुवाइ समितिले उजुरीकर्तासँग छलफल गरेपछि सुनुवाइका लागि थप समय लिने निर्णय गरेको समिति सभापति पशुपति शमशेर जबराले जानकारी दिए । प्रधानविरुद्ध चार वटा उजुरी परेकोमा समितिले बिहीबार उजुरीकर्तासँग छलफल गरेको थियो ।
उजुरीकर्ताको आग्रहमा गोपनियता कायम गरी गरिएको छलफलका क्रममा गम्भीर विषय उठेकाले त्यसमा अध्ययन गर्न थप समय लिने र त्यसपछि मात्रै सुनुवाइ गर्ने सभापति जबराले जानकारी दिए ।
प्रधानविरुद्ध यौन दुव्र्यवहारलगायतका उजुरी परेका छन् । संवैधानिक परिषदको बैठकले प्रधानलाई निर्वाचन आयोगको आयुक्तमा सिफारिस गरेको थियो ।