मुम्बईमा जस्टिन बिबर-Sutra News

मुम्बईमा जस्टिन बिबर

बिहिबार, २० असार २०८१

बिहिबार, २० असार २०८१

काठमाडौं । चर्चित गायक जस्टिन बिबर धनाढ्य व्यापारी  मुकेश अम्बानीका छोरा अनन्त अम्बानीको विवाह समारोहमा प्रस्तुति दिन मुम्बई आइपुगेका छन् ।



५ जुलाई अर्थात भोलि हुने अनन्त र राधिकाको संगीत समारोहमा जस्टिनले आफ्नो प्रस्तुति दिँदै छन् । यो जोडीले जुलाई १२ मा विवाह गर्दै छन् ।

अम्बानीको विवाह समारोहमा प्रश्तुति दिने जस्टिन हलिउडका पहिलो गायक होइनन् । यसअघि मार्चमा रिहानाले जामनगरमा आफ्नो आवाजको जादू फैलाएकी थिइन् । यस्तै, केटी पेरीले क्रूज पार्टीमा आफ्नो प्रस्तुति दिएकी थिइन् ।

अनन्त र राधिकाको विवाह समारोहमा जस्टिनबाहेक बादशाह र करण औजलाले पनि सांगीतिक प्रस्तुति दिनेछन् । पप आइकन प्रदर्शनको लागि जस्टिनले महँगो पारिश्रमिक समेत लिएका छन् । भारतीय सञ्चारमाध्यम नवभारत टाइम्सका अनुसार उनले ५० करोड भारू पारिश्रमिक लिने भएका छन् ।

राधिका एनकोर हेल्थकेयरका सिइओ वीरेन मर्चेन्टकी छोरी हुन् । ४ वर्ष प्रेम सम्बन्धमा रहेका अनन्त र राधिकाले २०२२ मा इन्गेजमेन्ट गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट