उत्साह जगाउँदै बन्द भयो साताको सेयर बजार-Sutra News

उत्साह जगाउँदै बन्द भयो साताको सेयर बजार

बिहिबार, २० असार २०८१

बिहिबार, २० असार २०८१

काठमाडौं । लगातार बृद्धिका बीच साताको अन्तिम कारोबार दिन (बिहीबार) पनि सेयर बजार बढेर बन्द भएको छ । बिहीबार १५.४७ अंकले बढ्दै बजार २१०५.८३ को बिन्दुमा उक्लिएर बन्द भएको छ । समग्रमा यस दिन ०.७३ अंकले बजार बढ्यो ।



सुखद पक्ष, बढेको बजारमा झण्डै एक महिना यताकै उच्च कारोबार भएको छ । बिहीबार दुई करोड २१ लाख ६७ हजार ६७८ कित्ता सेयर किनबेच हुँदा कारोबार रकम छ अर्ब ४८ करोड २५ लाख रुपैयाँ बराबरको भयो ।

यस दिन कारोबारमा आएका २४७ कम्पनीमध्ये १४९ कम्पनीको मूल्य बढ्यो भने ९२ कम्पनीको मूल्यमा सामान्य करेक्सन आयो । यस दिन छ कम्पनीको मूल्य भने स्थिर रह्यो ।

यस दिन सबैभन्दा बढी विकास बैंक क्षेत्रमा उत्साह छायो । विकास बैंक क्षेत्रमा ३.४३ अंकले इन्डेक्स बढेको छ ।

चार दिनदेखि लगातार बृद्धि

सोमबारदेखि सेयर बजारमा लगातार हरियाली छाइरहेको थियाे । पछिल्लो चार कारोबार दिनकै बीचमा बजार ८२.५९ अंकले बजार बढेकाे थियाे ।

योबीचमा सबैभन्दा बढी मंगलबार ४७.०४ अंकले बजार बढेकाे थियाे। उक्त दिन १०० अंकभन्दा माथिको उथलपुथल भएपनि अन्तिममा भने बजार ४७.०४ अंकले बृद्धि भएर थामिएको थियो ।

सरकार परिवर्तनको चर्चासँगै लगातार उकालोमा देखिएको भएपनि बजार संयमित देखिन्छ । यद्यपि, साताको अन्तिम कारोबार दिन दोहोरो अंकले (१५.४७) बढेसँगै बजारमा थप उत्साह छाउने सम्भावना बढाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट