प्रधानमन्त्रीलाई एकीकृत समाजवादीको साथ-Sutra News

प्रधानमन्त्रीलाई एकीकृत समाजवादीको साथ

बिहिबार, २० असार २०८१

बिहिबार, २० असार २०८१

काठमाडौं । नेकपा एकीकृत समाजवादीका नेता घनश्याम भुसालले प्रधानमन्त्रीले सदनमा विश्वासको मत लिए पक्षमा मतदान गर्ने बताएका छन् ।



बिहीबार पार्टीको महाधिवेशन स्थल प्रज्ञा भवनमा सञ्चारकर्मीसँग कुरा गर्दै भुसालले विश्वासको मत लिने वा नलिने अधिकार प्रधानमन्त्रीलाई रहेको भन्दै प्रधानमन्त्रीले सदनमा विश्वासको मत लिए पक्षमा मतदान गर्ने बताए ।

उनले प्रधानमन्त्री प्रचण्डले सरकार नछाडेसम्म सरकारलाई दिएको समर्थन फिर्ता नलिने स्पष्ट पारे । कांग्रेस-एमालेबीचको सहमतिलाई सतकर्ताका साथ हेरिरहेको उनको भनाइ छ ।

उनले संविधान संशोधनको मुद्दा स्पष्ट रुपमा बाहिर नआइसकेको भन्दै स्पष्ट रुपमा आए पार्टीमा छलफल गर्ने जिकीर गरे । उनले पार्टी नेतृत्व चयनका विषयमा सकारात्मक रुपमा सहमतिको प्रयास भइरहेको भन्दै निराश हुनु पर्ने अवस्था नरहेको बताए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट