काठमाडौं । धनुषामा पोखरीमा डुबेर तीन बालिकाको निधन भएको छ । धनौजी गाउँपालिका ५ बहुअर्वामा सार्वजनिक पोखरीमा डुबेर उनीहरूको निधन भएको हो ।
दिउँसो पोखरीमा नुहाउने क्रममा करिब १०/१२ वर्ष उमेर समूहका तीन बालिकाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक रञ्जन अवाले जानकारी दिए ।
मृत्यु हुनेमा बहुअर्वाका मुस्कान खातुन, जिनत खातुन र अजमेरी खातुन रहेका छन् । उनीहरू पोखरीमा डुबेको देखेपछि स्थानीयले बचाउने प्रयास गरेका थिए ।
तीनै जनाको शव परीक्षणका लागि प्रादेशिक अस्पताल जनकपुरमा राखिएको प्रहरीले जनाएको छ ।