काठमाडौं । काठमाडौंको चन्द्रागिरी नगरपालिका २ का वडाध्यक्षसहित दुई जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर भएको छ ।
धुर्व बहादुर कडायतले व्यवसाय स्थानान्तरणका लागि सिफारिस र दर्ता गरिदिने भन्दै वडाध्यक्ष भाइ कृष्ण तामाङको निर्देशनमा चार लाख रुपैयाँ घुस लिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता नरहरि घिमिरे जानकारी दिए ।
घुस मागेको सूचनाका आधारमा आयोगको टङ्गालबाट खटिएको टोलीले विचौलिया कडायतसहित वडाध्यक्षलाई नियन्त्रणमा लिएको थियो ।
उनीहरूविरुद्ध दुई लाख रुपैयाँको चेक र नगद दुई लाख रुपैयाँ बरामद गरेको अख्तियारले जनाएको छ । उनीहरूविरुद्ध कारबाही प्रक्रिया अगाडि बढेको छ ।