रास्वपाभित्र ग्यालेक्सी टिभीबाट आएकाको बर्चस्व किन बढ्यो ? यस्तो छ मुकुलको प्रतिवेदन-Sutra News

रास्वपाभित्र ग्यालेक्सी टिभीबाट आएकाको बर्चस्व किन बढ्यो ? यस्तो छ मुकुलको प्रतिवेदन

बिहिबार, २० असार २०८१

बिहिबार, २० असार २०८१
फाइल तस्विर

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का निलम्बित महामन्त्री मुकुल ढकालले पार्टीमा पेश गरेको प्रतिवेदन सार्वजनिक भएको छ । ढकालले ३८ जिल्ला घुमेर अघिल्लो महिना लेखेको दस्तावेज सार्वजनिक भएको हो ।



ढकालले तयार परेको प्रतिवेदनमा पार्टीभित्र विकृति बढेको, पार्टीका नेताहरूलाई भेट्न भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई भेट्नभन्दा कठिन भएको, पार्टी किन सरकारमा गएको जस्ता गुनासो हरेक जिल्लामा सुनिएको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

यस्तै, प्रतिवेदनमा पार्टीभित्र ग्यालेक्सी टिभीबाट आएका पत्रकारहरूको बर्चस्व किन बढ्यो ? भनी प्रश्न तेस्र्याएका छन् । ‘जीबी राई समातिँदैनन् भने प्रतिपक्षी हुँदै किन म्याद नै तोकेर समात्ने कुरा गरेको, सीधा कुरा कार्यक्रममा बोलेका कुरा सभापतिले बिर्सनु भएको होला, तर जनताले सम्झिरहेका छन्,’ प्रतिवेदनमा भनिएको छ ।

ढकालको प्रतिवेदनमा प्रचण्ड वा केपी ओलीसँग मिल्नुभन्दा काठमाडौंका मेयर बालेन साहसँग मिल्नु उत्तम हुने सुझाव दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट