यस्ता छन् रास्वपामा मुकुलले उठाएको २७ कमजोरी-Sutra News

यस्ता छन् रास्वपामा मुकुलले उठाएको २७ कमजोरी

बिहिबार, २० असार २०८१

बिहिबार, २० असार २०८१

काठमाडौ‌ं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सात दिन निलम्बन गरेका महामन्त्री तथा प्रवक्ता डा. मुकुल ढकालले पार्टीका २७ कमजोरी देखाएका छन् ।



महामन्त्री ढकालले ३८ जिल्लामा पुगेर समीक्षा प्रतिवेदन तयार पारेका थिए । उनले आफ्नो प्रतिवेदनमा पार्टीका समस्या र कमजोरीलाई उजागर गरेका थिए ।

यस क्रममा उनले मुख्य रुपमा २७ वटा कमजोरी देखाएर सच्याउन सुझाव दिएका थिए । यसमध्ये सबैभन्दा बढी पार्टी सभापति रवि लामिछानेप्रति केन्द्रित रहेको छ ।

१, प्रशिक्षणको अभाव

२, संचार, संवाद, सम्पर्क र समन्वयको अभाव

३, पार्टीका मन्त्री, सांसद र नेतालाई भेट्न पाइएन

४, गुनासो व्यवस्थापन कमजोर

५, केन्द्रीय समिति सदस्य थप्दा वा विभागमा नियुक्ति गर्न स्थानीयस्तरमा सामान्य सोधपुछ पनि भएन

६, बोल्नका लागि चाहिने नियमित खुराक भएन

७, केन्द्रीय नेता खटेनन्

८, कामको मूल्यांकन भएन

९, पार्टीका निर्णयमा सामान्य सोधपुछ समेत गरिएन

१०, सभापतिमाथि नै प्रश्न उठे

११, राइट टु रिकलको प्रावधान कहिले लागू हुन्छ रु

१२, केन्द्रीय नेताकै पार्टी निर्णयविरुद्धको टिप्पणीलाई कसरी लिने रु

१३, नेताहरू सुविधाभोगी भए

१४, दबाब यात्रा र घरदैलो कार्यक्रम कता हरायो रु

१५, धेरै बोलेर बिग्रियो

१६, पार्टीको निर्णय पार्टीकै संयन्त्रबाट जानकारी भएन

१७, उपसभामुख पदको राजनीतिक लाभ लिन सकिएन

१८, पार्टी एनजीओजस्तो भयो

१९, पार्टीभित्र क्वालिटीमा ध्यान दिइएन

२०, विभागहरू क्रियाशील भएनन्

२१, पार्टी काठमाडौँ केन्द्रित भयो

२२, पुँजी नभएको मान्छेलाई पार्टीमा स्थान भएन

२३, तड्क भडक कार्यक्रम नगर्ने नीति भुलियो

२४, पार्टीका नेताहरू एनजीओ तथा आईएनजीओको कार्यक्रममा बढी देखिए

२५, पार्टी काम भन्दा बढी आसन र भाषणमा केन्द्रित भयो

२६, अनुशासन आयोगमाथि प्रश्न

२७, संगठनका विषयमा थप प्रश्न

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट