काठमाडौं । रोल्पाको गंगादेव गाउँपालिका ६ देवलटाकुरा बस्ने ४४ वर्षीय कमल वलीलाई भरूवा बन्दुकसहित बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
वलीले मादक पदार्थ सेवन गरी सोही ठाउँ बस्ने ४२ वर्षीय जय बहादुर खड्कासँग पानीको मुहान सफा गर्ने विषयलाई लिएर विवाद हुँदा हातपात समेत भएको थियो ।
विवादपछि वलीले आफ्नो घरमा गई भरूवा बन्दुक पड्काएको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय जिनावाङबाट खटिएको प्रहरीले उनलाई उक्त बन्दुक सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।