एकीकृत समाजवादीमा उपाध्यक्ष बन्दै रामकुमारी झाँक्री-Sutra News

एकीकृत समाजवादीमा उपाध्यक्ष बन्दै रामकुमारी झाँक्री

शुक्रबार, २१ असार २०८१

शुक्रबार, २१ असार २०८१

काठमाडौं । नेकपा एकीकृत समाजवादीकी चर्चित युवा नेत्री रामकुमारी झाँक्री उपाध्यक्ष बन्ने तय भएको छ । पार्टीको जारी १० औँ महाधिवेशनमा उनीसहित पदाधिकारीको टुंगो लागेको हो ।



यसअघि अध्यक्षमा माधवकुमार नेपाल, सम्मानित नेतामा झलनाथ खनाल र महासचिवमा घनश्याम भुषाल दोहोरिएका छन् । बाँकी पदाधिकारीबारे पनि सहमतिमा नै टुंगो लगाउने गरी छलफल भएको थियो ।

पदाधिकारी सर्वसम्मत चयन गर्ने जिम्मेवारी सचिवालयलाई दिइएको थियो । सचिवालयले आज सबै सूची तयार पारेर घोषणा गर्ने भनिएको छ ।

यसअघि पार्टीको आन्तरिक सहमतिअनुसार झाँक्रीलाई उपाध्यक्ष बनाइने भएको हो । उनी यसअघि सचिव थिइन् । अहिलेका अन्य सचिवहरुले सोही पदमा निरन्तरता पाउने छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट