आमाको हत्या गरेको आरोपमा छोरा पक्राउ-Sutra News

आमाको हत्या गरेको आरोपमा छोरा पक्राउ

शुक्रबार, २१ असार २०८१

शुक्रबार, २१ असार २०८१

काठमाडौं । आमाको हत्या गरेको आरोपमा तेह्रथुममा छोरा पक्राउ परेका छन् । लालीगुराँस नगरपालिका ८ सोल्मा तेजेन्द्र चोक बस्ने २३ वर्षीय दीपक नेपालीलाई प्रहरीले पक्राउ गरेको हो ।



करिब ४६ वर्षीया तिलमाया नेपालीलाई धारिलो हतियार प्रहार गरी हत्या गरेको अभियोगमा उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय तेह्रथुमले जनाएको छ । दीपकले खुकुरी प्रहार गर्दा तिलमायाको घटना स्थलमा मृत्यु भएको थियो ।

घटनाबारे जानकारी पाएलगत्तै जिल्ला प्रहरी कार्यालय तेह्रथुम, इलाका प्रहरी कार्यालय वसन्तपुर र प्रहरी चौकी लसुनेबाट खटिएको प्रहरीले दीपकलाई पक्राउ गरेको थियो ।

घरायसी विवादका कारण दीपकले आमालाई खुकुरी प्रहार गरेको प्रहरीले जनाएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट