सहकारी ठगीबारे छानबिन समितिले गृहसचिव र महानिरीक्षकसँग छलफल गर्ने-Sutra News

सहकारी ठगीबारे छानबिन समितिले गृहसचिव र महानिरीक्षकसँग छलफल गर्ने

शुक्रबार, २१ असार २०८१

शुक्रबार, २१ असार २०८१

काठमाडौं । सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा ‘संसदीय छानबिन विशेष समिति’ले गृहसचिव एकनारायण अर्याल र प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवरसँग छलफल गर्ने भएको छ ।



शुक्रबार बसेको समितिको दशौँ बैठकले गृहसचिव र प्रहरी महानिरीक्षकसँग सहकारीमा भएको बचत ठगी, अहिलेसम्मका अनुसन्धान र कारवाहीको विषयमा छलफल गरेको हो  ।

यसअघि समितिले बिहीबार महालेखापरीक्षक तोयम राय, सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागका महानिर्देशक कमल भट्टराई र सहकारी विभागका रजिष्ट्रार पिताम्बर घिमिरेसँग छलफल गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट