लाफ्टर फर लाइफ: झम्सिखेलमा हँसाउँदैछन् सन्दिप क्षेत्री-Sutra News

लाफ्टर फर लाइफ: झम्सिखेलमा हँसाउँदैछन् सन्दिप क्षेत्री

शुक्रबार, २१ असार २०८१

शुक्रबार, २१ असार २०८१

काठमाडौं । हाँस्य कलाकार सन्दिप क्षेत्रीले फरक प्रारुपमा दर्शक हँसाउँने भएका छन् ।  झम्सिखेलमा अवस्थित मोक्ष बारमा महिनैपिच्छे हाँस्य मनोरञ्जनको कार्यक्रम हुँदैछ- ‘लाफ्टर फर लाइफ’ । जहाँ सन्दिपले एकल प्रस्तुती दिने भएका हुन् ।



सन्दिपका अनुसारयो केही फरक प्रारुपको कार्यक्रम हो । ‘अहिले हामीले ६ वटा शोको तयारी गरेका छौं’ सन्दिप भन्छन्, ‘हरेक शोमा फरक फरक पेशा–व्यवसायका मान्छेहरुलाई आमन्त्रण गर्नेछौं ।’ जस्तो, एउटा शोमा शिक्षकहरु आमन्त्रित हुनेछन् भने अर्कोमा चिकित्सकहरु । एउटै पेशा व्यवसायमा आवद्ध व्यक्तिलाई एकै ठाउँमा राखेर उनीहरुको जीवन भोगाईसँग सम्बन्धित सामाग्री पस्कदा त्यो बढी प्रभावकारी हुने उनको विश्वास छ ।

‘निश्चित पेशा व्यवसायका दर्शक छन् भने उनीहरुलाई लक्षित गरेर आफ्नो प्रस्तुती दिन पाइन्छ’ सन्दिप भन्छन्, ‘यसले उनीहरुलाई बढी स्पर्श गर्छ ।’ दर्शकलाई डिजिटल आमन्त्रण गरिने उनले बताए । कार्यक्रम हेर्नका लागि कुनै शुल्क लाग्ने छैन । यस्तो शैलीको कार्यक्रम गर्नुको ध्येय भनेको ‘गुणको बदला गुण तिरेजस्तै’ भएको उनी बताउँछन् । ‘मलाई आज सन्दिप क्षेत्री बनाउने उनीहरु नै हुन्’ उनी भन्छन्, ‘त्यसको बदलामा मैले पनि केही त गर्नुपर्छ भनेर यो कार्यक्रमको डिजाइन गरिएको हो ।’

झम्सिखेलस्थित मोक्ष बारमा अर्को सप्ताहन्तदेखि मासिक रुपमा यो कार्यक्रम हुँदैछ, जहाँ एक सय हाराहारी आगन्तुक हुनेछन् । कार्यक्रममा सन्दिपले एक घण्टासम्म एकल प्रस्तुती दिनेछन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट