एकीकृत समाजवादीको ९३ सदस्यीय केन्द्रीय कमिटी घोषणा हुँदै समापन-Sutra News

एकीकृत समाजवादीको ९३ सदस्यीय केन्द्रीय कमिटी घोषणा हुँदै समापन

शुक्रबार, २१ असार २०८१

शुक्रबार, २१ असार २०८१

काठमाडौं । नेकपा एकीकृत समाजवादीको महाधिवेशनमा ९३ सदस्यीय केन्द्रीय कमिटी घोषणा गर्दै समापन हुने भएको छ ।



अध्यक्ष, सम्मानित नेता र महासचिवबाहेक अन्य पदाधिकारी चयन हुन सकेन । हलमा अध्यक्ष मण्डलका अध्यक्ष झलनाथ खनालले ९३ जनाको नाम घोषणा गरेका छन् । निवर्तमान केन्द्रीय सचिवालयको बैठकले साबिक पोलिटब्यूरो कमिटीमा रहेकालाई केन्द्रीय सदस्य घोषणा गरेको हो ।

विदेशमा रहेका, शारीरिक रुपमा अशक्त भएकाबाहेक अन्य सबै निवर्तमान पोलिटब्यूरो सदस्य केन्द्रीय सदस्य घोषणा भएका छन् ।

यसअघि अध्यक्ष माधव नेपाल, सम्मानित नेता झलनाथ खनाल र महासचिव घनश्याम भुसाल सर्वसम्मत भइसकेका छन् । दश दिनभित्र केन्द्रीय सदस्यहरुबाट पदाधिकारी चयन हुने भएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट