‘ईश्वर’को नयाँ गीत ‘तिमी आयौ’ सार्वजनिक-Sutra News

‘ईश्वर’को नयाँ गीत ‘तिमी आयौ’ सार्वजनिक

शुक्रबार, २१ असार २०८१

शुक्रबार, २१ असार २०८१

काठमाडौं । राजु गिरी निर्देशित  फिल्म ‘ईश्वर’को नयाँ गीत ‘तिमी आयौ’ सार्वजनिक भएको छ ।



आगामी साउन ११ गतेबाट रिलिज हुने फिल्मको सार्वजनिक गीतमा कृष्ण काफ्लेको स्वर, भीष्मराज फूलाराको शब्द र अर्जुन पोखरेलको संगीत छ ।

प्रेमिल भावको गीतमा फिल्मका कलाकारद्वय पृथ्वीराज प्रसाईं र अनु शाह फिचर्ड छन् । गीतको भिडियोमा उनीहरुबीचको प्रेमलाई दर्शाइएको छ ।

पोखरा आसपास छायांकन गरिएको गीतमा पृथ्वी र अनुलाई रोमान्टिक भावमा देखाइएको छ ।

फिल्ममा ध्रुव थापा, सुनिल थापा, बुद्धि तामाङ, अनु शाह, सबिन बास्तोला, माओत्से गुरुङ, पृथ्वीराज प्रसाई, रविन्द्र झा, कृष्टि गुरुङ, पृथ्वीराज प्रसाईं, शिशिर वाङ्देल, गीता अधिकारी, कृष्टि गुरुङलगायतका कलाकारको अभिनय छ । अनुले यो फिल्मबाट पाँच वर्षपछि कमब्याक गर्न लागेकी हुन् । उनको पछिल्लो प्रदर्शित फिल्म ‘पसिना’ हो ।

दिव्या कंगना फिल्म्सको ब्यानरमा निर्माण भएको फिल्मका निर्माता हरिबहादुर थापा हुन् । लक्ष्मी कुँवर थापाको प्रस्तुतिमा बनेको फिल्मले अन्तरजातीय प्रेममा आउने अवरोधको कथा भन्छ ।

निर्देशक गिरी स्वयंको कथा र भोजराज देवकोटाको पटकथा तथा संवाद लेखन रहेको फिल्ममा रामेश्वर हुँमागाईको छायांकन, देव महर्जनको द्वन्द्व निर्देशन, कविराज गहतराज, देवेन्द्र पाण्डे र सुरेश पाण्डेको कोरियोग्राफी तथा अर्जुन पोखरेल, राजेन्द्र बजगाई र बीपी वाग्लेको संगीत छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट