प्रेम आलेले छाडे माधव नेपाल नेतृत्वको पार्टी-Sutra News

प्रेम आलेले छाडे माधव नेपाल नेतृत्वको पार्टी

शुक्रबार, २१ असार २०८१

शुक्रबार, २१ असार २०८१

काठमाडौं । नेकपा एकीकृत समाजवादीका सांसद प्रेम आलेले आफू पार्टीमा नरहको बताएका छन् ।



महाधिवेशनमा समेत उपस्थित नरहेका आलेले आफू पार्टीमा सक्रिय नरहेको जानकरी दिएका हुन् । असार १६ गतेदेखि शुरु भएको महाधिवेशन बहिष्कार गरेको बताउँदै आलेले अब त्यो पार्टीमा आफू नरहने बताएका थिए ।

‘मैले संसदीय दलको बैठकमा अध्यक्ष माधव कुमार नेपालकै अगाडि म तपाईको पार्टीमा रहदिन भनेको थिएँ,’ उनले भने, ‘त्यो पार्टीमा रहन्नँ, निर्वाचित जनप्रतिनिधि भएकाले जनताको काम गरेर बस्छु, अन्य पार्टीमा जानेबारे अहिले सोचेको छैन ।’

आलेले एकीकृत समाजवादीमा वडाको निर्वाचन पनि जित्न नसक्ने नेताहरु पदाधिकारी रहेको बताए । उनले भने, ‘म त तीन पटक लगातार निर्वाचित सांसद हुँ ।’

एकीकृत समाजवादीले आज सार्वजनिक गरेको ९३ जना केन्द्रीय समितिको सूचीमा आलेको नाम समावेश छैन ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट