म्याच फिक्सिङमा सफाइ पाएका आदिलको निलम्बन फुकुवा प्रक्रिया सुरु-Sutra News

म्याच फिक्सिङमा सफाइ पाएका आदिलको निलम्बन फुकुवा प्रक्रिया सुरु

शुक्रबार, २१ असार २०८१

शुक्रबार, २१ असार २०८१

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले म्याच फिक्सिङको आरोप लागेर अदालतबाट सफाइ पाएका आदिल आलमको निलम्बन फुकुवा प्रक्रिया अगाडि बढाएको छ ।



म्याच फिक्सिङको आरोपमा निलम्बित राष्ट्रिय टोलीका खेलाडी आलमको निलम्बन फुकुवा सम्बन्धमा निर्णय गर्दै जिम्मेवारी दिने निर्णय गरेको हो ।

क्यानका सचिव पारस खड्काका अनुसार बिहीबार बसेको बैठकले फुकुवा प्रक्रिया अगाडि बढाउन संघको अनुशासन समितिलाई एक हप्ताभित्र आवश्यक निर्णय गर्न जिम्मेवारी दिने निर्णय गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट