देशका अधिकांश स्थानमा वर्षा, केही स्थानमा भारी वर्षा हुने-Sutra News

देशका अधिकांश स्थानमा वर्षा, केही स्थानमा भारी वर्षा हुने

शनिबार, २२ असार २०८१

शनिबार, २२ असार २०८१

काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभावका कारण न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको आसपास तथा पश्चिमतर्फ सरदर स्थानको उत्तरमा अवस्थित छ ।



मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर साधारणतयादेखि पूर्णतया बदली रहेको छ । मधेस र कर्णाली प्रदेशका एक दुई स्थानमा, कोशी र सुदूरपश्चिम प्रदेशका थोरै स्थान तथा बाँकी प्रदेशका केही स्थानमा वर्षा भइरहेको छ ।

आज दिउँसो देशभर साधारणतयादेखि पूर्णतया बदली रहने छ । सबै प्रदेशका धेरै स्थानमा मेघ गर्जन र चट्याङ्गसहि वर्षाको सम्भावना रहेको छ । कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । यी प्रदेशको एक दुई स्थानमा धेरै भारी वर्षाको सम्भावना रहेको छ ।

राति देशभर साधारणतयादेखि पूर्णतया बदली रहने छ । कोशी र मधेश प्रदेशका केही तथा बाँकी प्रदेशका धेरै स्थानमा मेघ गर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थान तथा कोशी प्रदेशका एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । यी प्रदेशका केही स्थानमा अति भारी वर्षाको पनि सम्भावना रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट