‘माइली’मा प्रियंकापछि करिश्मा-Sutra News

‘माइली’मा प्रियंकापछि करिश्मा

शनिबार, २२ असार २०८१

शनिबार, २२ असार २०८१

काठमाडौं । बाबू साहेब बलामीको कन्सेप्ट र निर्देशन रहने फिल्म ‘माइली’ मा अभिनेत्री करिश्मा मानन्धर अनुबन्धित भएकी छिन्। फिल्मको मुख्य भूमिकामा यस अघि अभिनेत्री प्रियंका कार्की फाइनल भएकी छन् ।



रुना इन्टरटेन्ट्मेन्टको ब्यानरमा बन्ने फिल्मका लागि  प्रियंकापछि करिश्मा अनुबन्धित भएकी हुन् । उनीसँग निर्माण पक्षले हालै सम्झौता गरेको हो ।

फिल्म युनिटले करिश्माको पोस्टरलुक पनि सार्वजनिक गरेको छ । सार्वजनिक पोस्टरलुकमा करिश्मालाई खुशी मुद्रामा देखाइएको छ । करिश्माको पृष्ठभूमिमा एक महिलाले केही काम गरिरहेको देख्न सकिन्छ ।

सत्य घटनामा आधारित हुने भनिएको फिल्ममा महिलाको पीडा देखाइने निर्देशक बलामीले बताए । ‘दलित महिलाको श्रीमान नभएपछि समाजले ऊमाथि कस्तो दृष्टि लगाउछ ? उसका स-साना नाबालक छोरी हुर्काउन कति कठिन हुन्छ ? यहि समाज जातियताको आडमा कसरी प्रताडित गर्छ भन्ने कथा फिल्ममा देखाइनेछ’, निर्देशक बलामीले भने ।

असारको अन्तिमबाट छायांकन गरिने फिल्म मकवानपुरको वीरखर्ग, कुलेखानी, काठमाडौं र दुबईमा खिचिनेछ । फिल्म शंकर अधिकारी ‘घायल’को गीत र पटकथा, सम्बाद तथा राजेन्द्र बजगाइको संगीत रहनेछ ।

केही दिन अघि लागी फिल्मको लागि एकसाथ दुई गीत रेकर्ड गरिएको छ । ‘न त दिनले साथ दियो, न त दियो रातले’ र ‘खोली सलल छमछमी नाँचेपछि मनै झलल’बोलका गीत रेकर्ड गरिएको थियो ।

‘न त दिनले साथ दियो, न त दियो रातले’मा अस्मिता अधिकारीको स्वर र ‘खोली सलल, छमछमी नाँचेपछि मनै झलल’ मा शान्ति श्री परियार र विन्दु परियारको स्वर छ । दुवै गीतमा शंकर अधिकारी ‘घायल’को शब्द र राजेन्द्र बजगाइँको संगीत छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट