काठमाडौं । मण्डला थिएटरको आयोजनामा ‘म्याड फेस्ट–२०२४’ सुरु भएको छ । असार २३ गतेसम्म तीन दिन चल्ने ‘म्याड फेस्ट–२०२४’ महोत्सवमा ६ वटा नाटक मञ्चन हुनेछन् ।
‘रेल्वे टु नोह्वेर’, ‘अंकुरन’ ‘नुग्धा’, ‘सिल्पिनी’, ‘आगम’ र ‘मिरर’, नाटक मञ्चन हुनेछन् । यी सबै नाटक मण्डलाका विद्यार्थीले तयार पारेका हुन् ।
१६ वटा नाटकबाट ६ वटा छनोट गरिएको हो ।
फेस्टिभल निर्देशक अनुप न्यौपानेका अनुसार नयाँ व्यक्तिले रङ्गमञ्चमा प्रवेश गर्न नपाइरहेको सन्दर्भमा आफैँ इनिसिएसन लिएर पनि काम गर्न सकिन्छ भन्ने उद्देश्यले फेस्टिभल आयोजना गरिएको हो ।
म्याड फेस्टमा म्युजिक, पोयट सेक्सन, पफर्मेन्स, एसईई दिएर बसेका विद्यार्थीको पफर्मेन्स, प्यानल डिस्कसन पनि हुनेछन् ।
म्याड फेस्टमा आठ सयदेखि एक हजार दर्शकले अवलोकन गर्ने उनको विश्वास छ ।