काठमाडौं । अविरल वर्षासँगै देशका विभिन्न ठाउँमा बाढी पहिरो आएको छ । जसका कारण जनजीवन प्रभावित भएको छ । वर्षा नरोकिएका कारण सडक अवरुद्ध हुने क्रम बढ्दै गएको छ । तराईमा बाढीका कारण डुबान सुरु भएको छ ।
भारी वर्षाका कारण भक्तपुरको हनुमन्ते खोलामा आएको बाढी सूर्यविनायकस्थित बाराहीस्थानका विद्यालय र बस्तीमा पसेको छ । यस्तै, दाङको घोराही उपमहानगर ९ स्थित अस्पारा गनारको खेती योग्य जमिनमा बाढीले क्षति पुगेको छ ।
वीरगन्ज महानगर ११ श्रीपुरमा शनिबार डुबानमा परेको सडक र डुबानसँगै सडक नदेखिँदा सडक अवरुद्ध भएको छ । शुक्रबार रातिदेखि लगातार परेको वर्षाको पानीका कारण देशभरको जनजीवन प्रभावित भएको हो ।