दोलखामा बाढीः तीन घर बगे, एक जना बेपत्ता-Sutra News

दोलखामा बाढीः तीन घर बगे, एक जना बेपत्ता

शनिबार, २२ असार २०८१

शनिबार, २२ असार २०८१

काठमाडौं । दोलखाको गौरीशंकर गाउँपालिका ९ स्थित डोडाङमा अविरल वर्षापछि आएको बाढीले बगाउँदा एक जना बेपत्ता भएका छन् । तीन वटा घरसमेत बगेका छन् ।



शुक्रबार राति रोल्वालिङ खोलाको बाढीले रोल्वालिङ पदमार्ग डोडाङमा होटल सञ्चालन गर्दै आएकी ६४ वर्षीया जाङ्मु शेर्पा सम्पर्कविहीन भएकी गौरीशंकर ९ का वडाध्यक्ष निमा गेली शेर्पाले बताए ।

वडाध्यक्ष शेर्पाका अनुसार बाढीबाट भएको क्षतिको विवरण संकलन भइरहेको बताए । छ्योतछयोत सिमिगाउँका जाङ्मु शेर्पा करिब ३० वर्षदेखि गौरीशंकर ९ डोडाङमा होटल व्यवसाय गर्दै आएका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट