पहिरामा पुरिएकी महिलाको जीवितै उद्धार-Sutra News

पहिरामा पुरिएकी महिलाको जीवितै उद्धार

शनिबार, २२ असार २०८१

शनिबार, २२ असार २०८१

काठमाडौं । गुल्मीको रुरुक्षेत्र गाउँपालिका ३ स्थित थोर्गाको ठाँटीमा पहिरोमा पुरिएकी महिलालाई जीवितै उद्धार गरिएको छ ।



घर माथिबाट अचानक पहिरो जाँदा पुरिएकी रुरुक्षेत्र ३ की उजेली विकलाई तत्कालै जीवितै उद्धार गरिएको रुरुक्षेत्र गाउँपालिकाका अध्यक्ष यदु ज्ञवालीले जानकारी दिए ।

उनले घाइते विकलाई उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र रिडी लागिएको बताए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट