पहिराले गोरुसिङ्गे सन्धिखर्क सडक अवरुद्ध-Sutra News

पहिराले गोरुसिङ्गे सन्धिखर्क सडक अवरुद्ध

शनिबार, २२ असार २०८१

शनिबार, २२ असार २०८१

काठमाडौं । वर्षासँगै आएको पहिराले गोरुसिङ्गे सन्धिखर्क सडक खण्ड अवरुद्ध भएको छ ।



सन्धिखर्क ६ दहखोला र बहोखरमा पहिरो खसेपछि सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रमुख प्रतीतसिंह राठोरले जानकारी दिए । उनका अनुसार पहिरो पन्छाउने कार्य भइरहेको छ ।

घुम्तीदेखि पत्थरकोटसम्मको बाटो एकतर्फि खोलिएको प्रहरीले जनाएको छ । लगातारको वर्षाका कारण थप पहिरो जान सक्ने जोखिम कायमै रहेकोले सतर्क रहन प्रहरीले अनुरोधसमेत गरेका छ ।

सडक अवरुद्ध भएकाले फुद्बांगबाट बलेबांग हुँदै पाली र पालीबाट घुम्ती गएर यात्रा गर्न प्रहरीले आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट