एक सातामै सुनको मूल्यमा भारी वृद्धि, कतिमा हुँदैछ कारोबार ?-Sutra News

एक सातामै सुनको मूल्यमा भारी वृद्धि, कतिमा हुँदैछ कारोबार ?

शनिबार, २२ असार २०८१

शनिबार, २२ असार २०८१

काठमाडौं । यो साता नेपाली बजारमा सुनको मूल्य ह्वात्तै बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।



महासंघका अनुसार गत साताको तुलनामा यो साताको शुक्रबार सुनको मूल्य तोलामा दुई हजार ६०० रुपैयाँ बढेर कारोबार सुरु भएको थियो ।

गत साता शुक्रबार सुनको मूल्य तोलामा एक लाख ४१ हजार ८०० रुपैयाँ कायम भएको थियो । मूल्य वृद्धि भएसँगै यो साताको शुक्रबार छापावाल सुनको मूल्य तोलामा एक लाख ४४ हजार ४०० रुपैयाँ कायम छ ।

गत साताको शुक्रबार तेजाबी सुनको मूल्य तोलामा एक लाख ४१ हजार १०० रुपैयाँ कायम थियो । यो साता एक लाख ४३ हजार ७०० रुपैयाँ कायम छ ।

यस्तै यो साता चाँदीको मूल्य तोलामा ८० रुपैयाँले बढेको छ । गत साताको शुक्रबार चाँदीको मूल्य एक हजार ७९० रुपैयाँ थियो । यो साताको शुक्रबारसम्म आइपुग्दा ८० रुपैयाँले बढेर एक हजार ८७० रुपैयाँ कायम भएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट