पहिराले मुग्लिन-मलेखु सडक अवरुद्ध-Sutra News

पहिराले मुग्लिन-मलेखु सडक अवरुद्ध

शनिबार, २२ असार २०८१

शनिबार, २२ असार २०८१

काठमाडौं । अविरल वर्षासँगै पहिरो खसेपछि पृथ्वी राजमार्गअन्तर्गत मुग्लिन–मलेखु सडक अवरुद्ध बनेको छ ।



इलाका प्रहरी कार्यालय मुग्लिनका प्रहरी निरीक्षक निरला भण्डारीका अनुसार चितवनको इच्छाकामना ४ घोप्टेभीर र वडा नम्बर ३ फिस्लिङ र मौवाखोलाको बीचमा पहिरो खस्दा सडक दुईतर्फी अवरुद्ध बनेको हो ।

उनले भने, “अहिले पहिरो पञ्छाउने काम भइरहेको छ । ” प्रहरी निरीक्षक भण्डारीले चुम्लिङटारमा खसेको पहिरो पन्छाइसकेको बताए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट