आज तपाईंको दिन कस्तो, राशिफलमा के छ ?-Sutra News

आज तपाईंको दिन कस्तो, राशिफलमा के छ ?

सोमबार, २४ असार २०८१

सोमबार, २४ असार २०८१

आज मिति २०८१ असार २४ गते सोमबार । सन् २०२४ जुलाई ८ तारिख । नेपाल सम्बत ११४४ दिल्लाथ्व तृतीया तिथि । आज नेपालमा सूर्योदय बिहान ५ बजेर १४ मिनेटमा भयो भने सूर्यास्त साँझ ७ बजेर ३ मिनेटमा हुनेछ । अब सुरु गरौँ राशिफलः



मेष

दीर्घ कालसम्म लाभ हुने काममा हात हाल्ने समय छ । तार्किक क्षमताले मानसम्मान दिलाउन सक्छ । भाग्यले सोचेभन्दा बढी नै फाइदा दिलाउन सक्छ । चुनौतीहरू स्वतः हट्ने छन् भने कर्मयोग र आम्दानीले पछ्याउने छन् । तथापि, नयाँ कामको प्रस्ताव आए पनि हिम्मत गर्न नसक्दा केही पछि परिने छ । भोजभतेरमा भाग लिनु हुनेछ । रोग र शत्रुसित लड्ने क्षमता बढ्ने छ ।

बृष

दिन सामान्य छ । प्रतिस्पर्धामा केही कमजोर सावित भइएला । अरूको फाइदाका लागि उपयोग भइने छ भने आफ्ना लागि परिस्थिति प्रतिकूल रहने देखिन्छ । आफन्तबाट समेत टाढिनु पर्ने समय छ । नजिकका साथीभाइ टाढिन सक्छन् । तर महत्वपूर्ण कुनै काम सफलतापूर्वक सम्पन्न हुने योग छ । इष्टमित्रको सहयोग प्राप्त होला । परिवारिक सुख रहने छ ।

मिथुन

आजको दिन नसोचेको ठाउबाट धनलाभ हुने देखिन्छ, तर बाध्यतामा अलमलिनु पर्दा चिताएको काम रोकिन सक्छ । काम बिग्रने डरले सताइरहला । बेसुरमा वचन दिने बानीले दुःख पाइएला । आफ्नै कमजोरीले विवादमा परिने योग रहेकोले महत्वाकांक्षी योजना गोप्य राख्नु होला । विलासी काम बन्ने छ । मिठो भोजन प्राप्त हुनेछ ।

कर्कट

आजको दिन रमाइलैसँग बित्ने छ । कामले अरूको मन लोभ्याउँदै दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ । कृषिबाट सामान्य लाभ उठाउन सकिनेछ भने परिवारमा आमाको माध्यमबाट काम बन्न सक्छ । आयमूलक काममा आकर्षण रहला । आफ्नै बल विवेकले काम बन्ने छ ।

सिंह

समयले साथ दिनेछ । कर्मबल बढ्ने छ । पारिवारिक भेटघाटको समय छ । विशेष व्यक्तित्वलाई भेट्ने मौका पनि जुर्ला । आजको दिन स्वास्थ्यका लागि मसलाजन्य खानाबाट सावधान रहनु हितकर होला । कतैबाट ठूलै लाभको आश्वासन पनि पाइने छ । विशेष योजनाहरू बन्ने छन् भने टाढिएका साथीभाइ नजिकिनाले हर्ष बढ्ने छ । धर्मकर्ममा आकर्षण रहला । रोकिएको काम बन्नुका साथै नयाँ काममा पनि सफलता मिल्नेछ ।

कन्या

उचित ढंगले कर्मको फल प्राप्त हुनाले मन प्रशन्न रहने समय छ । सामाजिक क्षेत्रमा नेतृत्व हातलागी होला । असंयम व्यवहारले सम्बन्धमा तलमाथि पर्ने सम्भावना रहेकोले बोली र व्यवहारमा संयमता अपनाउनु होला । आजको दिन बलभन्दा बुद्धिको उपयोग गर्न सक्दा लाभ मिल्नेछ । अनायसै धन खर्चनु पर्ने योग छ, सचेत रहनुहोला । उच्चाधिकारीको साथ मिल्नेछ ।

तुला

आजको दिन सहयोगीहरूले राम्रै साथ दिने छन् र काममा सोचेजस्तै सफलता मिल्नेछ । पारिवारिक जमघटमा मन रमाउला । भेटघाटको अलमलले नोक्सानी दिलाउन सक्छ, ध्यान राख्नुहोला । अवसर आए पनि मौकामा लाभ उठाउन नसकिएला । ठूलै प्रयत्न गर्दा सामान्य फाइदा हुनेछ । यसका बाबजुद प्रतिस्पर्धी परास्त होलान् । रसरागमा आकर्षण रहने छ ।

बृश्चिक

सुख बढेर आउने छ । शुभता वृद्धि होला । पराक्रम र उत्साह बढ्ने अनि धन आर्जन गर्ने समय छ । अवसरको खोजीमा केही दौडधुप भने गर्नु पर्ला । व्यवसायमा थप लगानी लगाउनु लाभदायी हुनेछ । विदेश भ्रमणका लागि गरिएको प्रयत्न फलदायी बन्न सक्छ । प्रतिष्ठित काम गर्ने अवसर प्राप्त हुनेछ । उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ । मिठो भोजन प्राप्त हुनेछ । रसरागमा रुचि रहनेछ । समयले साथ दिनेछ ।

धनु

आजको दिन काममा विशिष्ट व्यक्तित्वको सहयोग प्राप्त होला । तर, सहयोगीहरूबाट अलिक धोका पाइने सम्भावना छ, सचेत रहनुहोला । मेहनतले राम्रै लाभ उठाउन सकिने छ । खर्चको मात्रा बढ्ने देखिन्छ । बन्ने निश्चय भएको काम अचानक बिग्रन सक्ने योग रहेकोले विशेष सतर्कताको आवश्यकता छ । रोकिएको काम बन्नेछ । रसरागमा आकर्षण रहला ।

मकर

लाभ हुने काम प्रारम्भ गर्ने समय भएपनि नयाँ काममा हात हाल्न केही समय पर्खंदा राम्रो हुनेछ । गरिएका कामको राम्रै मूल्यांकन होला । साझेदारीमा फाइदा नै हुनेछ । स्वादिष्ट भोजनको अवसर मिल्ला, तर स्वास्थ्यका लागि खानपानमा सतर्कता अपनाउनु हितकर हुनेछ । प्राप्त न्यून उपलब्धिले मन बुझाउन नसकिएला । रोकिएको काम बन्नुका साथै यश वर्चस्व वृद्धि हुनेछ ।

कुम्भ

व्यस्तता बढ्ने छ । अध्ययनमा मन नलागे पनि आत्मविश्वास बढ्ला । रोकिएका काम बिस्तारै बन्ने छन् भने नयाँ काम समेत पाइने छ । विभिन्न अवसरले पछ्याउने छन् । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिने छ । बोलीको प्रभाव एवं कार्यसम्पादन गर्ने क्षमता बढ्ने छ । तर, अनावश्यक वादविवादमा परिने योग रहेकोले बोली र व्यवहारमा संयमता अपनाउनु हितकर होला । मित्रजनको साथ मिल्नेछ । रसरागमा आकर्षण बढ्ने छ ।

मीन

होसियारीसाथ काम लिनु पर्ने समय छ । सानो प्रयत्नले पनि राम्रो फाइदा उठाउन सकिने छ, तर फाइदाका पछि लाग्दा साथीभाइ टाढिन सक्छन् । कृषिकर्म र व्यावसायिक काममा राम्रै फाइदा हुनेछ । व्यापारमा पनि फाइदा हुने योग छ । सन्तानसुख प्राप्त हुनेछ । प्रेमभाव बढ्नेछ । रसरागमा आकर्षण रहला ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट