उच्च बिन्दुमा पुगेर ओर्लियो सुनको मूल्य-Sutra News

उच्च बिन्दुमा पुगेर ओर्लियो सुनको मूल्य

सोमबार, २४ असार २०८१

सोमबार, २४ असार २०८१

काठमाडौं । स्थानीय बजारमा फेरि सुनको मूल्य घटेको छ । आइतबार हालसम्मै उच्च बिन्दुमा पुगेको सुनको मूल्य सोमबार घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबारको तुलनामा सुनको मूल्य प्रतितोला पाँच सय रुपैयाँको दरले घटेको छ ।



मूल्य घटेसँगै सोमबार स्थानीय बजारमा छापावाल सुनको मूल्य प्रतितोला एक लाख ४५ हजार रुपैयाँ र तेजावी सुनको मूल्य प्रतितोला एक लाख ४४ हजार तीन सय रुपैयाँ कायम भएको छ ।

सुनको मूल्य घट्दा चाँदीको मूल्य भने आज स्थिर छ । महासंघका अनुसार आइतबारकै तुलनामा सोमबार पनि चाँदी प्रतितोला एक हजार आठ सय ९० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

नयाँ बजेटमा भन्सारदर बढाइएसँगै सुनको मूल्य आकासिन थालेको हो । जसमा अन्तराष्ट्रिय बजारको पनि प्रभाव परिरहेको देखिन्छ ।

मूल्य आकासिएसँगै भने सुनको खरिद–बिक्री प्रभावित भएको छ । महासंघका अनुसार गत वर्षको तुलनामा चालु आर्थिक वर्षको ११ महिनामा ४० प्रतिशतभन्दा बढीले सुनको आयात घटेको छ र कारोबार कम भएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट