काठमाडौं । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रमुख सचेतक सन्तोष परियारले बेचन झालाई पक्राउ गरेपछि नै नेपाली कांग्रेस र नेकपा (एमाले)का नेताहरु नयाँ गठबन्धन बनाउन लागि परेको दाबी गरेका छन् ।
सोमबार प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै उनले अघिल्लो सरकारले प्रतिवादी बनाउन नचाहेको झालाई अहिलेको सरकारले समातेपछि राजनीतिमा अनौठो गरी घटनाक्रम विकास भएको बताए ।
“नक्कली भुटानी शरणार्थी प्रकरणमा नाम जोडिए पनि एक वर्षअघि अदालतमा पेस गरिएको अभियोगपत्रमा प्रतिवादी नबनाइएको झालाई जब सरकारले नियन्त्रणमा लियो त्यसपश्चात् राजनीतिक बेचैनी सुरु भयो । त्यसबेला सरकारले अभियोजनपत्रमा समेत नाम नराखेको झालाई जब सरकारले समात्यो राजनीतिक चलखेल सुरु भयो”, परियारले भनेका छन् ।
कांग्रेस र एमालेको नेतृत्व आफू र आफ्नालाई जोगाउन पछिल्लो राजनीतिक चलखेल गरिएको परियारको आरोप छ । उनले झाको सन्दर्भमा छानबिन तत्कालै अगाडि बढाउन पनि सरकारसँग माग गरेका छन् ।
उनले कांग्रेस र एमालेलाई पनि पछि बेचन झाको विषयले बेचन पैदा हुने दाबी गरे ।