‘कल्कि २८९८ एडी’ एपिक माहा ब्लकबस्टर, ११ दिनमा कति कमायो ?-Sutra News

‘कल्कि २८९८ एडी’ एपिक माहा ब्लकबस्टर, ११ दिनमा कति कमायो ?

सोमबार, २४ असार २०८१

सोमबार, २४ असार २०८१

दक्षिण भारतीय अभिनेता प्रभास अभिनीत फिल्म ‘कल्कि २८९८ एडी’ १२ औँ दिनमा प्रदर्शनरत छ । जुन २७, २०२४ मा रिलिज भएको फिल्मले बक्स अफिसमा धेरै कमाइ गरिरहेको छ ।



नाग अश्विनको निर्देशनमा बनेको यो फिल्ममा प्रभाससँगै अमिताभ बच्चन, दीपिका पादुकोण र कमल हासनको मुख्य भूमिका छ । फिल्ममा विजय देवराकोन्डा, मृणाल ठाकुर, एसएस राजामौली र दुल्कर सलमानको केमियो भूमिका छ ।

यो फिल्मले घरेलु बक्सअफिसमा ५ सय करोडको आँकडा पार गरिसकेको छ । यो फिल्मको विश्वव्यापी कमाईको आँकडा तिब्र गतिमा बढिरहेको छ । फिल्मका निर्माताले ११ दिनको कमाई बारे रिपोर्ट सार्वजनिक गरेका छन् ।

फिल्मले केवल ११ दिनमा भारतमा सबै भाषासहित ५ सय ७ करोड भारुको व्यापार गरेको थियो । योसँगै फिल्म ग्लोबल बक्स अफिसमा १००० करोडको क्लबमा सामेल हुने दिशामा द्रुत गतिमा अघि बढिरहेको छ । वैजयन्ती मुभिजले सार्वजनिक गरेको रिपोर्ट अनुसार यो फिल्मले विश्वभर ९०० करोड कमाएको छ ।

निर्माण पक्षले बक्सअफिस रिपोर्ट समावेश नयाँ पोस्ट सार्वजनिक फिल्मलाई ९०० करोडको आँकडाको साथ एक एपिक माहा ब्लकबस्टरको रूपमा वर्णन गरेका छन् । पोस्टरको साथमा क्याप्सनमा लेखिएको छ, ‘जादुई माइलस्टोनतर्फ अघि बढ्दै…’। फिल्मको यो उपलब्धिलाई दर्शकले निर्मातालाई बधाई दिइरहेका छन् । उनीहरुले १००० करोडको पोस्टर हेर्न आतुर रहेको बताएका छन् ।

करिब ६ सय करोडको बजेटमा बनेको फिल्म ‘कल्की २८९८ एडी’ को सिक्वेलको काम चाँडै सुरु गर्ने निर्मापक्षले जनकारी गराएको छ।

यो फिल्मले हिन्दी क्षेत्रमा पनि दर्शकलाई आकर्षित गर्न सफल भए पनि तुलनात्मक रूपमा दक्षिण भाषी क्षेत्रको तुलनामा हिन्दी क्षेत्रमा यसको चर्चा छैन । तर, कमाईको हिसाबले अहिलेसम्मको प्रदर्शन राम्रो भइरहेको छ र यो अवस्था कायम रहेमा फिल्म छिट्टै सुपरहिटको श्रेणीमा पर्नेछ ।

फिल्म ‘कल्कि २८९८ एडी’ प्राचीन भारतीय हिन्दू पौराणिक कथाको पृष्ठभूमिमा आधारित छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट