काठमाडौं । क्रिकेटर विराट कोहली र अभिनेत्री अनुष्का शर्मा लण्डन (बेलायत) पुगेका छन् ।
विराटले आईसीसी टी-२० विश्वकप २०२४ मा उपाधि जितेपछि सन्यासको घोषणा गरे भने टिम इन्डियाको विक्ट्री परेडपछि उनी श्रीमती अनुष्का मुम्बईबाट सिधै लण्डन पुगेका हुन् ।
यो जोडी लण्डन पुगेसँगै विराट र अनुष्का बारे अहिले एउटा खबर बाहिर आएको छ । जसमा उनीहरुले भारत छोडेर सदाका लागि लण्डन सरेको दाबी गरिएको छ । यससँग सम्बन्धित धेरै पोस्टहरू सामाजिक सञ्जालमा भाइरल भइरहेका छन्।
विराटको एक महिला फ्यानले आफ्नो एक्स पोस्टमा सोधेकी छिन्, ‘के विराटले सन्यास लिएपछि लण्डन सरेको हो ? ।’ फ्यानको यो पोस्टले क्रिकेटदेखि बलिउडमा हलचल मच्चाएको छ । यो पोस्टबाट विराट र अनुष्काका फ्यानहरु निराश छन् । योसँगै सामाजिक सञ्जालमा अनुष्का-विराट अब लण्डनमै बस्ने अनुमान पनि तीब्र बनेको छ ।
भारतीय सञ्चार माध्यमले पनि यस विषयमा मुम्बईको विक्ट्री परेडको लगत्तै विराट आफ्नो परिवारसँग लण्डन प्रस्थान गरेपछि यो जोडी सधैँ लन्डनमा बस्ने अनुमान गरेका छन्। तर, यस दाबीमा विराट र अनुष्काको कुनै बयान आएको छैन।
उनीहरुको दोस्रो सन्तानको रूपमा अकायलाई स्वागत गरेदेखि नै यो जोडी लण्डन सरेको खबर आएको थियो । अनुष्का लामो समयदेखि लण्डनमा छिन् । उनी बच्चा जन्मेदेखि नै लण्डन बस्दै आएकी हुन् ।
विराट कोहलीसँग धेरै सम्पत्ति छ । दिल्ली र मुम्बईमा उनको घर छ । रिपोर्टका अनुसार कोहलीले हालै अलिबागमा करिब १० करोडको बंगला किनेका थिए ।
यता, विराट र अनुष्का बेलायतको कम्पनी म्याजिक ल्याम्पका निर्देशक हुन् । यो एक व्यवस्थापन परामर्श कम्पनी हो । यो २०२२ मा स्थापित भएको थियो। यो लण्डनको वेस्ट योर्कशायरमा स्थित छ। यस्तो अवस्थामा यो जोडीको लण्डन सर्नुको प्रमुख कारण पनि हुनसक्छ ।