आज तपाईंको दिन कस्तो, राशिफलमा के छ ?-Sutra News

आज तपाईंको दिन कस्तो, राशिफलमा के छ ?

मंगलबार, २५ असार २०८१

मंगलबार, २५ असार २०८१

आज मिति २०८१ असार २५ गते मंगलबार । सन् २०२४ जुलाई ९ तारिख । नेपाल सम्बत ११४४ दिल्लाथ्व तृतीया तिथि । आज नेपालमा सूर्योदय बिहान ५ बजेर १५ मिनेटमा भयो भने सूर्यास्त साँझ ७ बजेर २ मिनेटमा हुनेछ । अब सुरू गरौँ राशिफलः



मेष

चुनौतीहरू स्वतः हट्नेछन् भने कर्मयोग र आम्दानीले पछ्याउने समय छ । साथ(सहयोग दिनेहरू बढ्नेछन् । मान प्रतिष्ठा पाइने छ । नसोचेको फाइदा हुन सक्ने योग छ । फलदायी दौडधुपमा समय बित्ला । आजका योजनाहरू गोप्य राख्न आवश्यक देखिन्छ । बौद्धिकता र रचनात्मकता बढ्ने छ । साथीभाइको साथ प्राप्त हुनेछ ।

बृष

समय फुर्सदलो रहनेछ । प्रयत्न गरेको काम छोटै समयमा पूरा होला । इच्छाशक्ति बढ्नेछ भने रचनात्मक कार्य शुभारम्भ गर्न सकिनेछ । स्वास्थ्य सामान्य कमजोर रहला तर हिम्मतले काम लिन सकिनेछ । लेनदेनको विवादले अप्ठ्यारो पर्न सक्छ, सचेत रहनुहोला । धन मान महत्वका साथै बौद्धिकता र रचनात्मकता बढ्नेछ । आरोग्यता रहनेछ । परिवारिक सुख बढ्नेछ ।

मिथुन

आजको दिन केही अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपर्दा मन खिन्न रहन सक्छ । तथापि, समूदायको हकहितको संरक्षण गर्दै धेरैको भलाइ हुने काम गर्न सकिनेछ । व्यवसायिकक र्ममा कममात्र फाइदा होला । सहयोगीहरूले हात झिक्नाले अलि अप्ठ्यारोमा परिनेछ । आरोग्यता रहनेछ । मान महत्व बढ्नेछ ।

कर्कट

रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्ने समय छ । विभिन्न भौतिक साधन जुट्नेछन् । आतिथ्यपूर्ण सम्मान पाइएला । मेहनत गर्दा राम्रै प्रतिफल प्राप्त हुने समय छ । सहयोगीहरूले साथ दिनेछन् । मेहनतल धेरैको मन लोभ्याउन सकिएला । काममा मातापिताको सहयोग प्राप्त हुनेछ । लगानी बढ्नेछ ।

सिंह

आजको दिन प्रतिस्पर्धीलाई सजिलै हराउन सकिने छ । उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ । समय उत्साहपूर्ण रहला । सुखद समाचार सुन्न पाइनेछ भने स्वास्थ्य सबल रहनेछ । विगतको सफलताले थप काम गर्न हौसला मिल्नेछ । समयले साथ दिनेछ । कर्मबल बढ्नेछ । विजयश्री प्राप्त हुनेछ ।

कन्या

धन आर्जन हुने समय छ । गरिएका कर्मको उचित प्रतिफल पाइएला । व्यावसायिक यात्राको सम्भावना पनि छ । दाम्पत्यजीवन रमाइलो रहनेछ । साझेदारीमा भने समस्या आउन सक्छ । तथापि, कर्मबल बढ्नेछ । शुभ कार्यमा अनुकूलता बढ्ला । उच्चाधिकारीको साथ मिल्नेछ ।

तुला

नजिकका सहयोगी तथा साथीभाइ टाढिन सक्छन् । महत्वाकांक्षी योजना गोप्य राख्नु हितकर होला । प्रियजनसँगको भेटघाटले दिन रमाइलो बनाउनेछ । व्यापार–व्यवसायमा विशेष लाभ लिने समय छ । पशुपालन तथा कृषि क्षेत्रबाट राम्रो लाभ मिल्ने योग छ । पढाइलेखाइमा प्रगति हुनेछ । भाग्यबल बढ्नेछ । रसरागमा आकर्षण रहला ।

बृश्चिक

विभिन्न अवसरले पछ्याउने छन् । बोलीको प्रभाव पनि बढ्नेछ । ठीक समयमा सही निर्णय लिन सकिने छ । आश मारेको काम बन्नाले उत्साह जागृत होला । विभिन्न सकारात्मक संकेतहरू प्राप्त हुने छन् । परिवारजन तथा बन्धुबान्धवबीच आत्मीय भाव बढ्नेछ । सुख बढेर आउनेछ रसरागमा रुचि बढ्नेछ ।

धनु

बिग्रिएको सम्बन्ध र विगतका कमजोरीलाई सुधार गर्ने समय छ । महत्वाकांक्षी योजना फलीभूत होलान् । कार्यसम्पादन गर्ने क्षमता बढ्नेछ, तर केही अवसर फुत्कन सक्छन्, सचेत रहनुहोला । प्रयत्न गर्दा सहयोगीका माध्यमबाट विशेष फाइदा उठाउन सकिने छ । गोपनीयतामा विशेष ध्यान दिनु हितकर होला । रोकिएको काम बन्नेछ भने रसरागको भाव बढ्नेछ ।

मकर

प्रेम र मित्रताको बन्धन कसिएर जाने समय छ । परिवारजनसँग आत्मीयता बढ्नेछ । स्वादिष्ट भोजनको आनन्द मिल्ला । आफ्ना विषयवस्तुमा अरूले अधिकार जमाउन सक्ने तथा गल्तीबिनै आरोप लाग्न सक्ने योग छ, सावधान रहनु हितकर हुनेछ । अध्ययनमा पछि परिने सम्भावना छ । शुभचिन्तकहरूले साथ दिनेछन् । सुख र आरोग्यता वृद्धि हुनेछ । आफन्तजनको सहयोग प्राप्त हुनेछ ।

कुम्भ

दिन अलिक प्रतिकूल रहने देखिन्छ । काम बिग्रने डरले सताइरहनेछ । अरूको फाइदाका लागि उपयोग भइनेछ भने थिचोमिचो गर्नेहरूले सताउन सक्छन् । ठगीमा परिने योग छ । आर्थिक कारोबार गर्दा निकै नै सजगता अपनाउनुहोला । रसरागमा आकर्षण बढ्नेछ । मिठो भोजन प्राप्त हुनेछ ।

मीन

पराक्रम वृद्धि हुनेछ । दीर्घकालीन रूपमा फाइदा हुने काममा हात हाल्ने समय छ । तार्किक क्षमता बढ्ला । विशेष सभा(समारोहमा भाग लिने मौका प्राप्त हुन सक्छ । लगनशीलताले कीर्तिमानी दिलाउन सक्छ । दाम्पत्य सम्बन्धमा भने केही असमझदारी बढ्न सक्छ । पुरानो समस्याका कारण झमेला आइलाग्ने योग छ । शत्रुमाथि विजय प्राप्त हुनेछ ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट