काठमाडाैं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)को सचिवालय बैठक बस्दैछ । एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार बैठक आज दिउँसो १ बजे ललितपुर च्यासलस्थित पार्टी मुख्यालमा बस्नेछ ।
उनका अनुसार बैठकमा कांग्रेस-एमालेको अब बन्ने नयाँ सरकारमा पार्टीका तर्फबाट मन्त्री बनाउँदा आवश्यक पर्ने मापदण्डबारे छलफल हुनेछ । बैठकले मन्त्रीकाे मापदण्ड बनाउनेछ ।
साथै, बैठकमा पालिका, जिल्ला र प्रदेश अधिवेशनबारे पनि छलफल तथा समीक्षा हुने उनले बताए ।
पछिल्लो राजनीतिक घटनाक्रम, सरकारमा सहभागी हुने मन्त्रीको मापदण्ड र केन्द्रीय नेताहरूको कार्यविभाजनलगायत विषयमा छलफल हुने जनाइएको छ ।
साथै, बैठकले केही नेताहरूको जिम्मेवारी पनि हेरफेर गर्न सक्ने जनाइएकाे छ ।