दोस्रो दिन पनि घट्यो सुनको मूल्य-Sutra News

दोस्रो दिन पनि घट्यो सुनको मूल्य

मंगलबार, २५ असार २०८१

मंगलबार, २५ असार २०८१

काठमाडौं । स्थानीय बजारमा आज (मंगलबार) पनि सुनको मूल्य घटेको छ । आइतबारको तुलनामा सोमबार प्रतितोला चार सय रुपैयाँले घटेको सुनको मूल्य सोमबारको तुलनामा मंगलबार प्रतितोला नौ सय रुपैयाँले घटेको हो ।



नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ४४ हजार एक सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ४३ हजार चार सय रूपैयाँमा कारोबार भइरहेको छ।

यसअघि सोमबार छापावाल सुन प्रतितोला एक लाख ४५ हजार रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ४४ हजार तीन सय रूपैयाँमा कारोबार भएको थियो।

सुनको मूल्यमा आएको उतारचढावको प्रभाव चाँदीको मूल्यमा पनि परिरहेको छ । सुनको मूल्यलाई पछ्याउँदै मंगलबार चाँदीको मूल्य पनि घटेको महासंघले जनाएको छ ।

महासंघका अनुसार सोमबार तुलनामा प्रतितोला पाँच रुपैयाँले घट्दै मंगलबार चाँदीको मूल्य प्रतितोला एक हजार आठ सय ८५ रुपैयाँ कायम भएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट