पानी बाराबारकै अवस्थामा रहेका राजेश हमाल र धीरेन शाक्य गृहजिल्लामा सँगै देखिए-Sutra News

पानी बाराबारकै अवस्थामा रहेका राजेश हमाल र धीरेन शाक्य गृहजिल्लामा सँगै देखिए

मंगलबार, २५ असार २०८१

मंगलबार, २५ असार २०८१

काठमाडौं । नेपाली फिल्म क्षेत्रमा कलाकार बीचको दुश्मनीको कुरा गर्दा नछुट्ने नाम हुन्, अभिनेताद्वय राजेश हमाल र धीरेन शाक्य । कुनै समय यो जोडी सँगै पर्दामा देखिँदा त्यो फिल्मले पैसा कमाउँछ भन्ने कुरामा निर्माता ढुक्क हुन्थे। वास्तविकता पनि त्यस्तै थियो ।



तर यी दुई अभिनेताबीच बढेको असमझदारीले उनीहरूमा पानी बारबारकै अवस्था आइलाग्यो। एक अन्तर्वार्ताको विषयमा उनीहरूको विवादले एकापसमा अस्तित्व नै नस्वीकार्ने अवस्थासम्म आयो। अझ भनौं, उनीहरुबीच ‘पानी बाराबार’ को सम्बन्ध छ भन्ने गरिन्छ ।

सयभन्दा बढी नेपाली फिल्ममा आफ्नो अभिनयको जादू छरेका धीरेनलाई एकसमय हमालको प्रतिद्धन्द्धी मानिन्थ्यो । हमालले एकलौटी आफ्नो वचश्र्व जमाइरहेको अवस्थामा नेपाली फिल्ममा धीरेनको इन्ट्री भएको थियो । धीरेनको पहिलो फिल्म ‘प्रेम’ हो । यो फिल्म रिलिज भएपछि धीरेनलाई राजेशको विकल्पको रुपमा हेरिन थालियो ।

यसैबेला धिरेनले राजेश हमालको हातमा परेका दजनौं फिल्म हाफ्नो पक्षमा पारेको चर्चा छ । स्मरण रहोस् कि, प्रतिस्पर्धाको बिचमा नै केही निर्माताले यि दुईलाई एकसाथ लिएर ‘सिमाना’, ‘भीष्मप्रतिज्ञा’ जस्ता फिल्म निर्माण गरे भने यि फिल्मले व्यबसायिक सफलता पनि हासिल गरे । तर, समयको क्रमसँगै राजेश हमालले धीरेनलाई पछाडि छोड्दै गए ।

अहिले राजेश हमाललाई नेपाली फिल्म क्षेत्रका महानायक भन्ने गरिन्छ भने धीरेन शाक्यलाई गुमनाम नायक ।

यस अघि कुनै फिल्मी वा अन्य कार्यक्रममा एकसाथ भेट हुँदा समेत एकअर्कासँग नबोल्ने गरेका राजेश र धिरेन गृहजिल्ला पाल्पामा भने संगै देखिए।

यी दुईबीच हार्दिक सम्बन्ध नभएको हल्ला चल्न छाडेको छैन तर, दशकपछि यी दुईलाई एकसाथ देखिएको हो । उनीहरूलाई आइतबार तानसेन नगरपालिकाले स्वागत कार्यक्रम राखेको थियो।

तानसेनस्थित पद्म पब्लिक नमुना माविको एक कार्यक्रममा यी दुवै जना एकसाथ सरिक हुदाँ सम्मानित भए। यो विद्यालयका पूर्व प्रध्यानाध्यापक स्वर्गीय चुडा बहादुर हमालका छोराका रूपमा राजेशलाई र पूर्व विद्यार्थीका रूपमा धिरेनलाई स्वागत एवं सम्मान गरिएको थियो।

सम्मान ग्रहणपछि कुरा गर्दै हमालले आफू सो विद्यालयमा आउने धोको पूरा भएको बताए । धिरेनले आफूले पढेको विद्यालयमा प्रवेश गर्दा एकदमै खुसी लागेको बताए।

राजेश र धिरेनले विद्यालय अगाडि तस्बिर खिचाउनुका साथै तानसेन बजार संगै घुमघाम समेत गरे। केही दिनको तानसेन बसाईंमा राजेश आफ्नो पुख्यौली थलो अर्चले समेत पुगे।

पाल्पाका सामाजिक अभियन्ता सन्दीप रानाले राजेश र धिरेनलाई एकसाथ पाल्पा लैजाने बन्दोबस्तो मिलाएका थिए। ‘यात्रा नेपाल’ नामक वृत्तचित्र निर्माणको शिलशिलामा यो भ्रमण भएको हो।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट