काठमाडौं । राष्ट्रिय स्वष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का निलम्बित महामन्त्रीसमेत रहेका प्रवक्ता मुकुल ढकालले आफू रवि लामिछाने क्लबका निस्केको बताएका छन् । पार्टीले कारबाही गरेसँगै उनले यस्तो प्रतिक्रिइा दिएका हुन् ।
‘रवि लामिछाने क्लबबाट निस्कासित भएको हुँ, राष्ट्रिय स्वतन्त्र पार्टीभित्र घण्टी बज्न रोकिँदैन, रविको पार्टीबाट राष्ट्रिय स्वतन्त्र पार्टी बनाउने संकल्प रोकिँदैन,’ उनले भने, ‘घण्टी बज्न रोकिँदैन, बाँकी कुरा भोलि ।’
मंगलबार बसेको पार्टीको केन्द्रीय समिति बैठकले ढकाललाई साधारण सदस्य मात्र राख्ने गरी अरू पदीय जिम्मेवारीबाट हटाउने निर्णय गरेको थियो ।
रास्वपाका सहप्रवक्ता मनिष झाका अनुसार पार्टीको केन्द्रीय अनुशासन आयोगले गरेको सिफारिसअनुसार ढकाललाई पदमुक्त भएका हुन् । यसअघि ढकालले पार्टी संकटमा परेको भन्दै सत्ता परित्याग गरी सुधारमा लाग्न सुवाझ दिएका थिए । सोही सुझावपछि उनी निलम्बनमा परेका थिए ।
यो पनि पढ्नुहोस्