‘कलर अफ टी’लाई नोप्स युरोपका तर्फबाट आर्थिक सहयोग-Sutra News

‘कलर अफ टी’लाई नोप्स युरोपका तर्फबाट आर्थिक सहयोग

मंगलबार, २५ असार २०८१

मंगलबार, २५ असार २०८१

काठमाडौं । नेपाल उत्पीडित जातीय समाज (नोप्स) युरोपले छुवाछुत न्यूनीकरणमा टेवा पुगोस् भन्ने उद्देश्यले छोटो चलचित्र ‘कलर अफ टी’लाई आर्थिक सहयोग गरेको छ ।



लेखक पत्रकार ‘राज सरगम’को लेखन तथा निर्देशनमा तयार हुन लागेको जातीय छुवाछुतका विरुद्ध जनचेतनामूलक छोटो चलचित्र कलर अफ टी (चाइ के रङ) निर्माणका लागि नोप्सले एक लाख सहयोग गरेको हो ।

‘पहाडी भेगमा भन्दा पनि विभेद तराईमा हुँदै आएको छ । जातकै कारण धेरै दलित युवाहरू पलायन हुनु परेको छ भने कतिपयले ज्यान पनि गुमाउनु परेको छ यस्तो अवस्थामा जनचेतनामूलक भिडियोले समाजमा सकारात्मक प्रभाव पार्ने भएकोले कलर अफ टीलाई नोप्सले सहयोग गरेको हो,’ नोप्सका अध्यक्ष अर्जुन सुनारले भने ।

सन् २०१० देखि यस संस्थाले आधिकारिक रूपमा दलितका सवालमा वकालत गर्दै आएको छ । नोप्स युरोप युरोपवासी प्रवासी दलितको शसक्त संस्था हो, जसले दलित समुदायको हितमा काम गर्दै आएको छ ।

नेपालमा हुने जातीय विभेद वा मानव अधिकार विरुद्धका घटनाको संवैधानिक प्रतिवाद गर्ने वा त्यस विरुद्ध हने संघर्षमा संस्थागत सहभागिता तथा सामाजिक सुधार, सचेतना अभियानको नेतृत्व पनि गर्दै आइरहेको छ ।

कपिल भण्डारीको मुख्य व्यवस्थापन तथा परीक्षित मिडिया क्रियशनको निर्माणमा तयार हुन लागेको शर्ट फिल्मलाई नेपालमा रहेका विभिन्न संघसस्थाको पनि सहयोग रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट