सेयर बजारले फेरि समायो लय-Sutra News

सेयर बजारले फेरि समायो लय

मंगलबार, २५ असार २०८१

मंगलबार, २५ असार २०८१

काठमाडौं । सामान्य करेक्सनपछि नेप्सेले फेरि लय समातेको छ । सोमबार एकल अंकले करेक्सन भएको नेप्से मंगलबार पुनः दोहोरो अंकले बढ्दै उत्साह जगाएको हो ।



यस दिन १५.७९ अंकले बढ्दै नेप्से २१५२.१४ को बिन्दुमा उक्लिएको छ ।

सँगै यस दिन कारोबार रकम पनि बढेको छ । मंगलबार एक करोड १६ लाख ६१ हजार कित्ता सेयर किनबेच हुँदा कारोबार रकम पाँच अर्ब ५३ करोड ५९ लाख रुपैयाँ बराबरको भयो ।

१३ मध्ये नौ वटा समूहका सूचक बढे भने चार समूहका सूचकमा सामान्य गिरावट आयो । यस दिन सर्वाधिक माइक्रो फाइनान्स ३.०६ र डेपलपमेन्ट बैंक २.४९ प्रतिशतले बढ्यो ।

तीन कम्पनीको मूल्य सकारात्मक सर्किट लेबलमा बृद्धि भएको नेप्सेमा यस दिन कारोबारमा आएका २४६ कम्पनीमध्ये १६८ को मूल्य बढ्यो । यस दिन ६८ कम्पनीको मूल्यमा सामान्य गिरावट आउँदा १० कम्पनीको मूल्य भने स्थिर रह्यो ।

सरकार परिवर्तनको चर्चासँगै नेप्सेमा उत्साह छाउन थालेको थियो । त्यसयता नेप्से निरन्तरजसो उकालोमा छ ।

सामान्यता असार मसान्तको प्रभाव पर्ने गरेको नेप्सेमा यसपटक खास प्रभावित बनेन । उल्टै नेप्सेले यहीबीच नै २१ सय बिन्दुलाई पार गर्ने स्थिति देखिएको छ । यदि २१ सयको बिन्दु पार गरेको खण्डमा नेप्सेले थप उचाई लिनसक्ने अवस्था देखिन्छ ।

नेप्सेले विद्यमान नीतिगत अवरोध पार गर्न खोजेको छ । यदि सरकार त्यो अनुकुल भएमा नेप्सेले थप उचाई लिनेमा कुनै दुविधा छैन । राजनीतिक दृश्य समग्र बजार अनुकुल देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट