काठमाडौं । भारतका तीव्र गतिका बलर जसप्रित बुमराह जुन महिनामा उत्कृष्ट खेलाडी बनेका छन् । आईसीसीले जारी गरेको सूचनाअनुसार उनी ‘प्लेयर अफ द मन्थ’ बनेका हुन् ।
हालै सम्पन्न टी २० विश्वकपमा भारतलाई उपाधि दिलाउन महत्वपूर्ण भूमिका खेलेका बुमराहले आफ्नै कप्तान रोहित शर्मा र अफगानिस्तानका ओपनर रह्मनुल्लाह गुरबाजलाई पछि पारेका हुन् ।
उनले विश्वकपमा ४.१७ को औसतले १५ विकेट लिएका थिए । उनी टी २० विश्वकपमा प्लेयर अफ द टुर्नामेन्टसमेत बनेका थिए ।